आइतबार साप्ताहिक बिदा नदिने निर्णय महिना दिनमै खारेज - दर्पण संसार

आइतबार साप्ताहिक बिदा नदिने निर्णय महिना दिनमै खारेज

काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक बिदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको हो ।

सरकारले जेठ १ गतेदेखि इन्धन बचाउन परीक्षणका लागि भन्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोमबार नै सर्वोच्च अदालतमा दुई दिन साप्ताहिक बिदा दिने सरकारको निर्णयविरुद्ध रिट परेको थियो । जसको पेशी मंगलबारलाई तोकिएको थियो ।

इन्धन खपत घटाउने नाममा सातामा दुई दिन बिदा दिने सरकारी निर्णयले निजी क्षेत्रमा अन्योलता छाएको थियो । निजी विद्यालयहरु अलमलमा थिए । बाट घोषित उद्देश्य त पूरा होला–नहोला, सार्वजनिक सेवा भने अस्तव्यस्त हुन थालेको छ । सरकारी अस्पतालका बहिरंग सेवामा भीड बढेको थियो भने अरू सार्वजनिक सेवाहरू पनि प्रभावित हुन थालेका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७७ असोजमा ‘हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन गर्न’ समिति नै गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्