जुम्लामा रामसिंह र लाओसको लोभलाग्दो केमेष्ट्री - दर्पण संसार

जुम्लामा रामसिंह र लाओसको लोभलाग्दो केमेष्ट्री

काठमाडौं । फरक फरक कर्मबाट स्थापित भएका लेखक तथा राजनीतिक विश्लेषकद्वय रामसिंह रावल र लाओस राईबीच लोभलाग्दो केमेष्ट्री छ । लेखन, व्यवसाय र राजनीतिका बारेमा उनीहरुको भिन्न धारणा छ । अलग बुझाइछ । दुवैमा विद्रोही र उर्जाशील भाव छ । हालै रावल र राईबीच जुम्लाको स्याउ बगानमा भेट हुँदा उनीहरुले आफ्नो ‘बौद्धिक काशेली’ आदन प्रदान गरे । रावल आफैंद्वारा लिखित पुस्तक ‘सिन्डीकेट, लोकतन्त्र र राजनीति’पुस्तक र राईद्वारा लिखित ‘गति, शक्ती र युवा’मा समेटिएका विषय प्रशंगलाई व्यवहारमा उतार्न आब्हान समेत गरे ।

‘रावलजी लेखनसँगै स्याउको व्यवसायिक खेतीमा समर्पित हुनुहुन्छ । स्नाकोत्तरको प्रमाणपत्र थन्क्याएर उहाँले कृषीकर्मलाई रोज्नुभयो । स्वदेशमै केही गर्न चाहने युवाका लागि रावलजी उदाहरण हुनुहुन्छ,’ राईले भने,‘हामी यो भेटको संयोगमा एउटै सन्देश दिन चाहन्छौं–देशमै पसिना बगाऔं । स्वदेशमै सुन फलाऔं ।’
रावल पाँच बर्ष यता जुम्लामा स्याउ र ओखरको व्यवसायिक खेतीमा तल्लिन छन् । काठमाडौंमा रहँदा नियमित स्तम्भ लेखन र सामाजिक अभियानमा रहेका उनी कृषीकर्मबाटै परिवारलाई मात्र नभइ समाजलाई सन्देश दिन चाहन्छन् ।

नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका लाओस राई पछिल्लो समय लेखन क्षेत्रमा पनि क्रियाशील छन् । हालै रावलको जिल्ला जुम्ला पुगेर आफ्नो पहिलो पुस्तक हस्तान्तरण र रावलको पुस्तक पनि उपहार ग्रहण गर्दै कृषी क्षेत्रका बारेमा बहस गरेका थिए । ‘राईजीसँगको दुई दशकदेखि संगतमा छु । उहाँमा सँधै राजनीतिको नशा चढेझैं लाग्छ । क्रान्ति र बौद्धिक बिद्रोहको प्रतिक देख्छु । उहाँलाई अवसरको खरेडी छ र पदको अभाव छ । उहाँलाई राजनीतिक दलले उचित अवसर प्रदान गनुैपर्छ,’ रावलले भने ।

प्रतिक्रिया दिनुहोस्