भोली हुने स्याङ्जा जिल्ला अधिवेशनका लागि यस्तो बन्यो थापा टिम - दर्पण संसार

भोली हुने स्याङ्जा जिल्ला अधिवेशनका लागि यस्तो बन्यो थापा टिम

स्याङ्जा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार विभिन्न जिल्लाको नेतृत्व चयन हुँदैछ । शुक्रबार हुने स्याङ्जा जिल्ला अधिवेशनका लागि सभापति पदमा प्रत्यासी राजु थापा प्यानले उम्मेद्वारी दर्ता गरेको छ ।

थापा समूहले आज जिल्ला पार्टी कार्यालय पुगेर उम्मेद्वारी दर्ता गरेको हो । थापा समहूबाट उप सभापति पदमा केदार काफ्ले, नेत्र पाण्डे सचिवमा रामचन्द्र रेग्मी र गुरु भट्टराई र सह-सचिवमा धुब्र बन्धु पौडेल र रोशन दर्जी सहित चुनावी मैदानमा उत्रिएको छ ।

थापाले निर्वाचन क्षेत्र नं २ का कांग्रेसीहरुलाई मिलाएर लैजानका लागि उनले आफ्नो समूहमा क्षेत्र नं २ बाट धेरै आफ्नो टिममा पारेका छन् ।

 

"

प्रतिक्रिया दिनुहोस्