कुल आचार्यद्धारा एनआरएनए यूके च्यारिटीलाई ५ लाख सहयोग - दर्पण संसार

कुल आचार्यद्धारा एनआरएनए यूके च्यारिटीलाई ५ लाख सहयोग

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्यासी कुल आचार्यले एक च्यारिटी कार्यक्रमलाई आर्थिक सहयोग गरेका छन् ।

आचार्यले एनआरएनए यूकेको सेप्टेम्वर १९ तारिख हुने च्यारिटीको लागि ३ हजार पाउण्ड (करिब ५ लाख रुपैया) सहयोग गर्ने घोषणा गरेका हुन् ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको उपस्थितिमा हुने सो च्यारिटीबाट संकलन हुने रकम युवा तथा महिलाहरुको हितको लागि खर्च गरिने बताएको छ ।

अल्डरशटस्थित प्यालेस रेष्टुरेन्टमा आयोजना हुने कार्यक्रममा गैरआवासीय नेपाली संघका अभियान्ता लगायतको उपस्थिति रहने छ ।

प्रतिक्रिया दिनुहोस्