समुदायको सेवामा निरन्तर सर्मपित रहनेछु - बुद्धी डल्लाकोटी ,आईसीसी सदस्य, अष्टेलिया - दर्पण संसार

समुदायको सेवामा निरन्तर सर्मपित रहनेछु - बुद्धी डल्लाकोटी ,आईसीसी सदस्य, अष्टेलिया

 

गत जुलाई ३१ मा सम्पन्न गैर आवासीय नेपाली संघ , अष्ट्रेलियाको निर्वाचनमा आईसिसी सदस्यका प्रत्यासी बुद्धी डल्लाकोटी सर्वाधिक मत प्राप्त गर्दै विजयी हुनु भएको छ । 
 
दुई दशकदेखि अष्टेलियामा बसोवास गर्दै आईरहेका डल्लाकोटी चितवन भण्डारा निवासी  हुनुहुन्छ ।  चितवन समाज अस्ट्रेलियाका पूर्व अध्यक्ष , एनआरएनए अष्ट्रेलियाका पूर्व सल्लाहकार हुँदै हाल एनआरएनए आईसिसी अनर्री काउन्सील मेम्वरका रूपमा कार्यरत   
उहाँ पछिल्लो समयमा सामाजिक अभियन्ताका रुपमा पनि त्यत्तिकै अष्ट्रेलियामा सक्रिय हुनुहुन्छ । 
 
आफ्नो परिवारसंग अष्ट्रेलिया बस्दै आउनु भएका डल्लाकोटी एक सफल व्यवशायी पनि हुनुहुन्छ । युवा अवस्था बेलायतमा बिताउनु भएका उहाँ प्रवासमा पनि एक सहयोगी र मिलनसार व्यत्तित्वका रुपमा परिचित हुनुहुन्छ ।
 
निर्वाचनमा विजयी भए पछि आफूलाई विश्वास गरी मतदान गर्ने सबै राज्यका मतदाता , निर्वाचनमा सहयोग र सर्मथन गर्ने सम्पूर्ण मित्रलाई धन्यबाद दिदै नेपालीहरुका आवश्यक विषयमा निरन्तर सर्घषरत रहदै सम्वन्धित निकायसंग पहल गरिरहने भन्दै सामाजिक सञ्जालमा उहाँले प्रतिवद्धता गर्नु भएको छ ।
 
सम्पन्न निर्वाचनमा १६ आईसिसी सदस्यका प्रत्यासी मध्य बुद्धीराज डल्लाकोटीले सबै भन्दा वढि ७१७६ मत ल्याउँदै आइसिसी सदस्यमा निर्वाचित हुनु भएको थियो । अन्य आईसिसी सदस्य हरुमा निर्वाचित हुनुहुनेमा क्रमशः नविन भण्डारी , पर्शुराम अधिकारी, परेशराज घिमीरे, प्रजल भट्टराई, प्रेमप्रसाद कँडेल, राजेश बुढाथोकी र सुर्यप्रसाद आचार्य हुनुहुन्छ । 
 
त्यसैगरि एनसीसी अष्ट्रेलियाका अध्यक्षमा नन्द गुरुङ्ग र महासचिवमा राजुबाबु निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्