नेपालका रहेका कोरोना प्रभावितहरुको लागी समाजसेवी खरेलले जुटाए करिब ३ लाख सहयोग - दर्पण संसार

नेपालका रहेका कोरोना प्रभावितहरुको लागी समाजसेवी खरेलले जुटाए करिब ३ लाख सहयोग

लण्डन नेपालका रहेका कोरोना प्रभावित परिवारहरुलाई सहयोगार्थ एक च्यारिटी कार्यक्रम गरी बेलायतका सक्रिय नेपाली समाजसेवी एवम् सफल युवा व्यवसायी विष्णु खरेलले करिब् लाख रुपैयाँ जुटाएका छन्

उक्त रुपैयॉं नेपालमा रहेका विपन्न कोरोना प्रभावित परिवारहरुलाई सहयोग गरिने समाजसेवी खरेलले  बताए

च्यारिटी कार्यक्रममा बेलायतका बरिस्ठ समाजसेवी शेर बहादुर सुनार, एनआरएन यूकेका उपाध्यक्षहरु प्रेम गाहा मगर, नारायण कडेल , सुनिल बाबु खड्का , एनआरएनका कोषाध्यक्ष तेजेंद्र रोका मगर , एनआरएन इगंल्याण्ड राज्य परिषदका उपाध्यक्ष लाल बहादुर गुरुंग , एनआरएन यूवा अभियनता राजन खकुराल , जनसम्पर्क समिति बेलायतका सह-कोषाध्यक्ष कुश बस्नेत , सह-महामन्त्री रेशम बस्याल , सिर्जनशील समाज बेलायतको अध्यक्ष भक्त दर्जी , समाजका युवा अभियान्ताहरु सुरेन रुपाखेती , रवि उप्रेती लगायतका सामाजिकव्यक्तिहरुको सहभागिता थियो

व्यवसायसंगै समाजसेवामा पनि उत्तिकै सक्रिय बेलिफ रेष्टुरेन्ट संचालक खरेलले नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् यस वर्षमात्रै उनले १६ लाख रुपैयाँको सहयोग नेपाल पठाइसकेका छन्

"

"

प्रतिक्रिया दिनुहोस्