लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य - दर्पण संसार

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आज आइतबारबाट अन्त्य भएको छ ।

कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ साहले मध्यान्न १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। ​आइतबार राजीनामा दिएर कामचलाउ बनेका मुख्यमन्त्री पोखरेलले दिउँसो १ बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न आजै सिफारिस गरेका थिए।

कामचलाउ मन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्रीको राजीनामा आएकाले संसदको बिजनेस नभएको भन्दै अधिवेशन अन्त्य गरिएको बताए। सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्