कोभिडबाट १२ शिक्षकले गुमाए ज्यान, मृतकका परिवारलाई १० लाख दिन मञ्चको माग - दर्पण संसार

कोभिडबाट १२ शिक्षकले गुमाए ज्यान, मृतकका परिवारलाई १० लाख दिन मञ्चको माग

काठमाडौं । विश्वभरमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने शिक्षकप्रति स्थायी शिक्षक हकहित मञ्चले दुख व्यक्त गरेको छ।

मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले आज एक बिज्ञप्ती जारी गर्दै ज्यान गुमाउने शिक्षकप्रति दुख व्यक्त गर्दै कोरोना संक्रमित शिक्षक, विद्यार्थी, अभिभावक र सम्पुर्ण संक्रमितप्रति स्वास्थ लाभको कामना गरेका हुन् ।

यस्तै उनले कोरोना संक्रमणबाट हालसम्म १२ जना शिक्षकको ज्यान गएको जानकारी गराउँदै कोभिड १९ बाट बिरामी शिक्षकलाई दिएको एक लाख उपचार खर्च निरन्तर दिन, उपचार खर्च व्यवस्थापन गर्न र मृत्यु पश्चात रु दश लाख सान्त्वना स्वरुप हस्तान्तरण गर्न नेपाल सरकारसँग माग समेत गरेको छ ।

यस्तै मञ्चले सम्पूर्ण शिक्षकहरुलाई सुरक्षाका मापदण्ड अपनाई अनलाइन कक्षा सञ्चालन गर्नुका साथै परियोजना कार्य वा अन्य विधी अपनाई शिक्षण सिकाइलाई निरन्तरता दिनका साथै लिखित–मौखिक परिक्षाबाहेक मुल्याङ्कनका अन्य साधनहरु जस्तै रुजु सुची, अवलोकन, घटनावृत अभिलेख आदिलाई अपनाउन अनुरोध समेत गरेको छ ।

कोरोना भाइरसका कारण ज्यान ज्यान गुमाउनेमा मनिषा थापा (बाँके), दुर्गा रेग्मी (बर्दिया), लोकराज भट्ट (कन्चनपुर), मन्जु के सी (कन्चनपुर), पार्वती न्यौपाने (वर्दिया), रुपा चटर्जी (बाँके), हरिभक्त रोकय (जाजरकोट), धर्मानन्द ओझा (डडेलधुरा), नवराज कालाथोकी, (दाङ), घनश्याम चौधरी, (नवलपरासी), बम बहादुर कुवर (गुल्मी), काषी सिं कार्की (कन्चनपुर) रहेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्