लोकतान्त्रिक आन्दोलनको इतिहासकै मानक गिरीराजकुमारी अब सम्झनामा मात्र - दर्पण संसार

लोकतान्त्रिक आन्दोलनको इतिहासकै मानक गिरीराजकुमारी अब सम्झनामा मात्र

काठमाडौं । नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्वा बौद्धिक नेपाली कांग्रेसकी नेतृ गिरीराजकुमारी प्रसाईंको निधनपछि उनलाई लोकतान्त्रिक आन्दोलनको इतिहासकै मानक व्यक्तित्वका रूपमा स्मरण गरिएको छ ।

प्रजातान्त्रिक समाजवादका योद्वा लोकतान्त्रिक आन्दोलनका आर्दश नेताका रुपमा परिचित स्व। सिके प्रसाई (भरतवावु)की श्रीमती गिरिराजकुमारीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए ।

भरतबाबूसंगै राजनीतिमा आफूपनि प्रत्यक्ष संलग्न गिरीराजकुमारी विगत केहीदिनदेखि अस्वस्थ्य भइ उपचाररत थिइन । राजनीतिका साथै पछिल्लो समय समाजसेवा मार्फत सामाजिक रूपान्तरणमा सक्रिय उनको ९० वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय न्युमोनियाबाट विरामी हुनुभएपछि उनलाई उपचारार्थ विर्तामोडस्थित विएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो ।

आठ दिन अघि उपचारका लागि अस्पताल पुर्याइनु भएकी प्रसाईको एक्कासी किड्नीले समेत काम गर्न छोडेको छोरी रमिताले जानकारी दिइन । अन्तिममा किड्नीले पनि साथ दिएन । छोरी रमिलाले भनिन–‘न्युमोनिया भएपछि अस्पताल लगिएको थियो । न्युमोनिया ठिक भएपनि विहानैदेखि पिसाव लागेको थिएन ।’

नेपाली लोकतान्त्रिक आन्दोलन नेपाली जनताका वाक् प्रकाशन स्वतन्त्रता जस्ता लोकतान्त्रिक अधिकार प्राप्तिको लागि आवाज बुलन्द गरे वापत तत्कालीन सरकारले सर्वस्व हरण एवं देश निकालाको कारवाही गर्दा समेत आफ्ना जीवन साथी सिके प्रसाईलाई प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट विचलित हुन नदिई अझ दृढतापूर्वक अघि बढ्न उत्प्रेरित गर्नुहुने एवं आफ्नो सम्पूर्ण जीवन नै राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि समर्पित गर्नुहुने नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासकै मानक व्यक्तित्वका रूपमा लिइन्छ ।

सिके प्रसाईको राजनीतिसंगै राजनीतिमा होमिएकी स्व गिरिराज कुमारी २०५६ सालको आम निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट संसदीय निर्वाचनमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्नु भएको उहाँ (१७) मतले पराजित भएकी थिइन ।

प्रसाईको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला झापा पुगेका थिए । सिटौलाले प्रसाईै निवासमै पुगेर स्व. गिरिराजकुमारीको पार्थिव शरीरमा काँग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका सिटौलाले गिरिराजकुमारी प्रसाई एक कुशल गृहिणीका साथै आदर्श सामाजिक, राजनैतिक व्यक्तित्व हुनुहुन्थ्यो भने । नेपाली राजनीतिको अग्रणी महिला, बिचार, व्यक्तित्व, त्याग र निष्ठाका प्रतिमुर्ति, सरल जीवन जिउन चाहाने सालिन महिला नेतृको निधनले नेपाली कांग्रेस झापा परिवार र सिङ्गो समाज शोक स्तब्ध बनेको काँग्रेस झापाका सभापति उद्वव थापाले बताए ।

स्व प्रसाईको जन्म १९८८ साल कार्तिक १७ गते ललितपूरको कुमारीपाटीमा बुबा क्या. गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माईली छोरी थिइन । उनले भारतको इलाहावाद बिश्वबिद्यालयबाट दुइ विषयमा एमए गरेकी थिइन । वीरता लेडी जेसीज बिर्तामोडले केही समय अघि मात्रै प्रसाईलाई उत्कृष्ट नागरिकको रुपमा सम्मान गरेको थियो ।

प्रसाईका छोरा बिबेककेशरी बुहारी संगीता, छोरीहरू रमिता र नम्रता सिंह रहेको बताइएको छ । दिवंगत प्रसाईको कन्काई माईमा हिन्दू विधिपूर्वक अन्त्येष्टि कार्य गरिएको छ । प्रसाईको जन्म १९८८ साल कार्तिक १७ गते ललितपूरको कुमारीपाटीमा बुबा क्या.गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माईली छोरीका रुपमा भएको थियो । प्रसाईका छोरा बिबेककेशरी बुहारी संगीता, छोरीहरू रमिता र नम्रता सिंह रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्