गैर आवासीय नेपाली संघले यूकेकी अध्यक्ष र आइसीसी सदस्यलाई कार्वाही गर्न सक्ला ? - दर्पण संसार

गैर आवासीय नेपाली संघले यूकेकी अध्यक्ष र आइसीसी सदस्यलाई कार्वाही गर्न सक्ला ?

राजनैतिक गतिविधिमा संलग्न वलियो प्रमाण तर भोटका लागि तै चुप मै चुप

 

गैर आवासिय नेपाली संघको नीति नियम विपरित गैर आवासिय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्गले अर्का आइसीसी सदस्य भक्त गुरुङलाई एनआरएनएको लोगो र पदको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा प्रवासी नेपाली एकता मञ्च यूकेको अध्यक्ष भन्दै विवादास्पद बधाई तथा शुभकामना दिए पछि प्रवासी नेपाली एकता मञ्च यूके ओक्रोशित भएको छ ।

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्गले दिएको विवादास्पद वधाई यस्तो थियो

 

प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी हुन । नेपालका प्रधानमंत्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टीमा विवाद देखिएको छ । यही विवादका विच भक्त गुरुङ्गले ओली गुटका नेता भन्दै आफूलाई प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष भनेर सामाजिक सञ्जालवाट घोषणा गरेका थिए । गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्षले राजनैतिक गतिविधिमा संलग्न नहुन केन्द्रले जारी गरेको नीति नियम र कानुनलाई वेवास्ता गर्दै अर्का आईसीसी सदस्य भक्त गुरुङ्गलाई नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च यूकेको अध्यक्ष भएकोमा बधाई दिदा समस्यामा परेकी हुन ।

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्गले अन्य कुनै पनि राजनैतिक दलका भातृ संगठन र गैर गुरुङ्गका सामाजिक संघ - संस्थालाई सार्वजनिक रूपमा वधाई दिएकी छैनन । तर स्वघोषित नेपाली प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष भन्दै भौतारिएका भक्त गुरुङ्गलाई वधाई तथा समर्थन गर्न हतारिनु हास्यापद छ । हालसालै एनआरएनएको लेटर प्याडमा पत्रकारहरुलाई निर्वाचनको हिसाब नमाग्न भन्दै घुमाउरो पाराले थर्काए पछि पनि उनी विवादमा तानिएकी थिइन ।

प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपाल कम्युनिष्ट पार्टीको नीति नियम विपरित वर्तमान कार्य समितिको अवधि समाप्त नहुदै बाटोबाट मान्छेहरु टिपेर वतासे समिति बनाएको ले आईसीसी सदस्य भक्त गुरुङ्गलाई कार्वाहीको सिफारिसका लागि नेकपा केन्द्रलाई पत्राचार गर्ने सार्वजनिक गरेका छन।

आईसीसी सदस्य भक्त गुरुङ्गलाई एनआएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्गले प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्षका हैसियतमा एनआरएनएको पद र लोगोको दुरुपयोग गर्दै एउटा तथ्यहिन र भ्रामक व्यवहार गर्ने विद्रोहीलाई सर्मथन गरेको भन्दै पत्रकार सम्मेलनमै अध्यक्ष पुनम गुरुङ्गको चर्को बिरोध भएको थियो ।

सत्य तथ्य नवुझी एनआरएनए यूके जस्तो गरिमामय संस्थाकी अध्यक्षले समाज भाड्ने अभिव्यक्ति दिनु अत्यन्तै गैर जिम्मेवार पूर्ण अभिव्यक्ति भएको भन्दै समाजका संवेदनशिल विषयमा एक पक्षिय अभिव्यक्ति र समर्थन नगर्न ध्यानाकर्षण पत्र पठाउने तयारी गरेको प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले पत्रकार सम्मेलन मार्फत उपस्थित पत्रकारहरु लाई सूचित गराएका थिए ।

केहि समय अगाडि गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले राजनैतिक दल या एनआरएनए मध्य एक चुन्न भन्दै सबै एनआरएनएका समिति र निकाएमा परिपत्र गरेका थिए । एनआरएनको प्रचलित विधानुरूप कुनै पनि राजनैतिक दलका कार्यकर्ता एनआरएनएको कुनै पनि कार्य समितिमा रहेर काम गर्न पाउने छैनन्।

गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रीय परिषदले मातहतका निकायलाई गरेको पत्राचार यस्तो थियो


के एनआरएनएको विधान विपरित कार्य गर्ने आइसिसी सदस्य भक्त गुरुङ्ग र उनको उपद्रोलाई ढाड्स दिने एनआरएनएकी अध्यक्षलाई पुनम गुरुङ्गलाई एनआरएन केन्द्रले कार्बाही गर्न सक्ला ? नत्र एनआरएनए भित्र भएको नाङ्गो राजनीतिको नैतिक जिम्मवारी कसले लिने ? हेर्न बाँकी नै छ ।

 

"

प्रतिक्रिया दिनुहोस्