एनआरएनए युकेको उमेदवारी शुल्क गायव , रिसाएर मात्रै हुन्छ ? - दर्पण संसार

एनआरएनए युकेको उमेदवारी शुल्क गायव , रिसाएर मात्रै हुन्छ ?

निर्वाचन समिति भन्छ हामी भद्र भलादमी हौ तर २ हजार ७ सय पाउण्ड कहा गयो ? कसले भन्दिने ?

एनआरएनए यूकेको निर्वाचन आयोगले स्पष्ट नपारेको दुई हजार सातसय पाउण्डको बारेमा लेखिएको पहिलो न्यूजको लिङ्क

https://darpansansar.com/news/1438

 


गैर आवासीय नेपाली संघ युकेको गत निर्वाचनमा उठेको उमेद्वारी शुल्क गायव भएको सम्बन्धमा सम्बधित पक्ष अनुत्तरित देखिएको छ । निर्वाचनमा उठेको उमेदवारी शुल्क ७१ हजार ४ सय पाउण्ड मध्य २ हजार ७ सय पाउण्ड गा व पारिएको सम्बन्धी खोजमुलक समाचार दर्पण संसारले यस अगाडि प्रकाशित गरेको थियो । समाचारलाई लिएर विभिन्न टिका टिप्पणीहरु भए पनि यसका प्रमाण र तथ्यहरुको ठोस रुपमा खण्डन भने आउन सकेको छैन ।

समाचार प्रति निर्वाचन समितिका संयोजक डमर घलेले फेसबुक मार्फत गुनासो ब्यक्त गरेका छन् । घलेले आफू र निर्वाचन समितिका पदाधिकारीहरु सम्मानित व्यक्तिहरु भएको र आफूहरुले दुरुपयोग नगरेको सफाइ दिन खोजेका छन् । उनले आफू र निर्वाचन समितिको बखानमा धेरै शब्द खर्चिए पनि २ हजार ७ सय पाउण्डको कुरा के हो ? केही बताएका छैनन् । निर्वाचनमा उमेद्वारी शुल्क बापतको आम्दानी ७१ हजार ४ सय पाउण्ड भएको हिसाव दर्पण संसारले स - प्रमाण सार्वजनिक गरेको थियो भने निर्वाचन समितिले ६८ हजार ७ सय मात्र आम्दानी देखाएको थियो । लामो विज्ञप्तिमा उनले उमेद्वारी बापत प्राप्त आम्दानि सम्बन्धी हिसावबारे एक शब्द नवोली आफू र समितिले बदमासी नगरेको दावी गरेका छन् ।

स्मरण रहोस उमेद्वारहरुले उमेदवारी शुल्क घले नेतृत्वको निर्वाचन समितिलाई बुझाएका हुन् । निर्वाचन समितिले बुझेको मध्य एनआरएनलाई नबुझाईएको २ हजार ७ सय पाउण्डको जिम्मेवारी निर्वाचन समिति बाहेक कस्ले लिने हो ? यो मामलामा समिति चोखो छ भने गडबड भएको २ हजार ७ सय पाउण्ड पाउण्ड कहा गयो ? स्पष्ट पार्नु पर्ने होइन र ? कि निर्वाचन समितिले कुनै आफू नजिकका उमेद्वारहरुलाई उमेदवारी शुल्क मिनाहा गरिदिएको हो ? गैर आवासीय नेपाली संघ युकेका शुभचिन्तकहरुले प्रश्न गर्न थालेका छन् । समाचारको खण्डन गर्ने वा पत्रकार र पत्रीकालाई जथाभावी गाली गर्नेहरुलाई समाचारमा प्रस्तुत तथ्य र प्रमाणहरुले चुनौती दिएको छ ।

दर्पण संसारको समाचारमा उमेद्वारी शुल्क बापत ७१ हजार ४ सय पाउण्ड संकलन भएको यर्थाथ हिसाव प्रस्तुत गरिएको थियो । निर्वाचन समितिले बुझाएको हिसावमा उमेद्वारी शुल्क बापतको आम्दानी केवल ६८ हजार ७ सय देखाइएको अवस्थामा । २ हजार ७ सय पाउण्ड कहा गयो ? भन्ने नै अघिल्लो समाचारको जिज्ञाशा थियो । निर्वाचन समिति र एनआरएन युकेले आर्थिक गडबढी नगरेको सफाई दिन यो हिसाव ७१ हजार ४ सय होइन ६८ हजार ७ सय मात्र हो भनेर प्रमाणित गर्न सक्नु पर्छ । समाचारको विरोध गर्नेहरुमा त्यस्तो हिम्मत भने देखिएन ।

तथ्यहरुको खण्डन गर्ने भन्ने हिम्मत नभए पछि समाचार, पत्रकार र समाचार संस्थाको विरोधको के अर्थ । दर्पण संसारले निर्वाचन समितिका सबै जना पदाधिकारीहरु समाजका ठूलाठालु हुन भन्ने कुरामा शंका गरेको छैन । ठूला र सम्मानीत व्यक्तिहरुको बिचमा २ हजार ७ सय पाउण्ड कता हरायो मात्र हाम्रो चासो हो ।

निर्वाचनमा जम्मा भएको उमेद्वारी शुल्क कति ?

हाम्रा पाठकहरुको जानकारीको लागि निर्वाचनमा उठेको उमेद्वारी शुल्क कति हुन्छ भन्ने बारेमा हामीले तल बृस्तृत हिसाब प्रस्तुत गरेका छौ । यो हिसाव किताव निर्वाचन समितिले तोकेको उमेदवारी शुल्क र समितिले पकाशित गरेको उमेदवारहरुको नामावलीका आधारमा तयार पारिएको हो ।

 

निर्वाचन समितिले उमेद्वारी शुल्क यस प्रकार तोकेको थियो

 

राष्ट्रिय समन्वय परिषद तर्फ


अध्यक्षको १५००
उपाध्यक्षको ११००
महासचिवको ११००
सचिवको ८५०
कोषध्यक्षको ८५०
सह - कोषध्यक्षको ८००
महिला संयोजकको ८५०
युवा संयोजकको ८५०
र सदस्यको ४५०

हेनुहोस निर्वाचन समितिको सूचनाको बुदा नं १२
राज्य समन्वय परिषद तर्फ


अध्यक्षको ४५०
उपाध्यक्षको ३००
सचिवको २००
सह-सचिवको १५०
कोपाध्यक्षको २००
सह-कोषाध्यक्षको १५०
सदस्यको १००

हेनुहोस निर्वाचन समितिको सूचनाको बुदा नं १३
अन्तराष्ट्रिय समन्वय परिषदका

 


सदस्यको उमेद्वारी शुल्क १५००

 

हेनुहोस निर्वाचन समितिको सूचनाको बुदा नं १४०

निर्वाचन समितिले मिति १८ अगष्ट २०१९ मा ११७ जना उमेद्वारहरुको नामावली प्रकाशीत गरेको थियो । उमेद्वारी शुल्कको आम्दानी कति भयो भन्ने जान्न नामावलीमा उल्लेख भएका उमेद्वारहरुले तिरेको उमेदवारी शुल्क मिलाएर हेरौ ।

राष्ट्रिय समन्वय परिषद तर्फ उमेद्वारको पद नाम र उमेद्वारी शुल्क


अध्यक्ष पुनम गरुङ्ग १५००
अध्यक्ष शेरबहादुर सुनार १५००
पउपाध्यक्ष धनबहादुर सार्की ११००
उपाध्यक्ष कमल पौडेल ११००
उपाध्यक्ष पशुपति पोखरेल ११००
उपाध्यक्ष सुनीलबाबु खडका ११००
उपाध्यक्ष प्रेमबहादुर गाहा मगर ११००
महिला उपाध्यक्ष रोजिना प्रधान राई ११००
महिला उपाध्यक्ष विमला लिम्बु ११००
उपाध्यक्ष मोहनकुमार कार्कि ११००
उपाध्यक्ष यज्ञमुर्ति ढकाल ११००
उपाध्यक्ष रामचन्द्र पोखरेल ११००
उपाध्यक्ष नारायणदत्त कडेल ११००
महासचिव फडिन्द्र भट्टराई ११००
महासचिव कमानसिह कर्मा पहाडी शेर्पा ११००
सचिव भाग्य नारायण राय ८५०
सचिव जीतबहादुर रानाभाट ८५०
सचिव कोशलेश्रवर ढकाल ८५०
सचिव भोलाविक्रम राई ८५०
सचिव विष्णु खरेल ८५०
महिला सचिव लिला हागंमा सेलिगं मावो ८५०
महिला सचिव रन्जिता मल्ल ८५०
कोषाध्यक्ष तिलकराम भट्टराई ८५०
कोषाध्यक्ष तेजेन्द्र रोका मगर ८५०
सहकोषाध्यक्ष विष्णु चालिसे ८००
सहकोषाध्यक्ष शकुन्तला गुरुगं ८००
युवा संयोजक हेमकुमार गुरुगं ८५०
युवा संयोजक तिर्थबहादुर मल्ल अनिल ८५०
युवा संयोजक नविन गुरुगं ८५०
महिला संयोजक क्षमता ढकाल ८५०
महिला संयोजक प्रसुना कडेल ८५०
सदस्य याम आचार्य ४५०
सदस्य जितेन्द्रकुमार चेम्जागं ४५०
सदस्य भरतमणि चेग्बागं लिम्बु ४५०
सदस्य समिर खनाल ४५०
सदस्य प्रभु न्यौपाने ४५०
सदस्य सरस्वती खत्री क्षत्री ४५०
सदस्य कृष्ण प्रसाद खरेल ४५०
सदस्य भिमलाल भट्टराइ ४५०
सदस्य गोमा पौडेल ४५०
सदस्य नृपेश उप्रती ४५०
सदस्य सुनिलकुमार शाह ४५०
सदस्य हेमबहादुर लिम्बु ४५०
सदस्य प्रकाशराज कडेल ४५०
सदस्य ज्ञानेन्द्रबहादुर आले मगर ४५०
सदस्य तारामैया गुरुङ्ग ४५०
सदस्य शिवबहादुर राना ४५०
सदस्य तिर्थबहादुर थापा ४५०
सदस्य लालबहादुर गुरुङ्ग ४५०
सदस्य चन्द्रकला लिम्बु ४५०
सदस्य कोपिला वनेम लिम्बु ४५०
सदस्य अमृता गिरी ४५०

उमेद्वारी शुल्क बापत जम्मा आम्दानी एनसीसी ४०२५० पाउण्ड
इग्ल्याण्ड राज्य समिति तर्फ


अध्यक्ष भिम सारु मगर ४५०
अध्यक्ष दिपक श्रेष्ठ ४५०
उपाध्यक्ष लालबहादुर गुरुङ्ग ३००
उपाध्यक्ष सशाकं शर्मा ३००
सचिव नारायण पौडेल गाउले २००
सचिव गोविन्द शर्मा खरेल २००
सह-सचिव कृष्ण प्रसाद बैद्य १५०
कोषाध्यक्ष धुबहरी बास्कोटा २००
कोषाध्यक्ष पुण्य प्रसाद रेग्मी २००
सह-कोषाध्यक्ष चन्दन गुरुङ्ग १५०
सह-कोषाध्यक्ष कृष्ण प्रसाद बगाले १५०
सदस्य सीताकुमारी पन्त १००
सदस्य बालकृष्ण दाहाल १००
सदस्य बन्दना केसी १००
सदस्य मोहनलाल ओली १००
सदस्य प्रकास न्यौपाने १००


राज्य समिति तर्फ उमेदवारी शुल्क बापत जम्मा आम्दानी इङ्गल्याण्ड ३२५० पाउण्ड

स्कटल्याण्ड राज्य समिति तर्फ

अध्यक्ष छवीलाल अर्याल ४५०
अध्यक्ष काशीराम भण्डारी ४५०
उपाध्यक्ष श्रीकृण्ण भेटुवाल ३००
उपाध्यक्ष मनिष खत्री ३००
सचिव कृष्णप्रसाद देवकोटा २००
सचिव दिवाकर पाण्डे २००
सहसचिव सृजना गैरे भट्टराई १५०
कोषाध्यक्ष कमला श्रेष्ठ २००
कोषाध्यक्ष शर्मिला भण्डारी २००
सह-कोषाध्यक्ष भोजराज खरेल १५०
सदस्य टिकाराम खरेल १००
सदस्य शिवकान्त खरेल १००
सदस्य रामप्रसाद कडेल १००
सदस्य शुसिला गैरे १००
सदस्य भुपाल बहादुर कार्की १००

राज्य समिति तर्फ उमेदवारी शुल्क बापत जम्मा आम्दानी स्कटल्याण्ड ३१०० पाउण्ड

वेल्स राज्य समिती तर्फ

अध्यक्ष कृष्ण प्रसाद भण्डारी ४५०
उपाध्यक्ष अमृत घले ३००
सचिव प्रकास कडेल २००
सह-सचिव सन्जिव मैनाली १५०
कोषाध्यक्ष विभुषण मान श्रेष्ठ २००
सह-कोषाध्यक्ष शोभा राणा पोखरेल १५०
सदस्य बलराम अधिकारी १००
सदस्य खिमबहादुर क्षेत्री १००
सदस्य जिबन केसी १००
सदस्य रामेश्रवर देवकोटा १००


उमेद्वारी शुल्क बापत जम्मा आम्दानी वेल्स १८५० पाउण्ड

 उत्तरी आयरल्याण्ड राज्य समिती तर्फ


अध्यक्ष नारायणबहादुर कुँवर ४५०
उपाध्यक्ष बलबहादुर थापा ३००
सचिव छमबहादुर रेग्मी २००
सहसचिव विष्णुबहादुर क्षेत्री १५०
कोषाध्यक्ष रामु खडका २००
सह-कोषाध्यक्ष देवीलाल निउरे १५०
सदस्य राम प्रसाद निउरे १००
सदस्य अमरबहादुर खत्री १००
सदस्य जयन्ती चुडाल १००
सदस्य तुलसी राम पौडेल १००
सदस्य उत्तम पाठक १००

उमेदवारी शुल्क बापत जम्मा आम्दानी उत्तरी आयरल्याण्ड १९५० पाउण्ड

नोट उत्तरी आयरल्याण्डका सदस्यका उमेदवार उत्तम पाठकको नाम निर्वाचन समितिले प्रकाशित गरेको उमेद्वारको नामावलीमा छैन तर दर्पण संसारले उनले उमेद्वारी शुल्क १०० पाउण्ड तिरेको रसिद यस अगाडी नै प्रकाशित गरी सकेको छ ।

आईसीसी सदस्य तर्फ


आईसीसी सदस्य रमेश सर्मा बास्तोला १५००
आईसीसी सदस्य अर्कराज तिम्सिना १५००
आईसीसी सदस्य दयानिधी सापकोटा १५००
आईसीसी सदस्य अर्जुनकुमार कटवाल १५००
आईसीसी सदस्य राजन खकुरेल १५००
आईसीसी सदस्य सुरज मास्के १५००
आईसीसी सदस्य ललितकुमार न्यौपाने १५००
आईसीसी सदस्य मनिष खड्का १५००
आईसीसी सदस्य कृष्णप्रसाद तिवारी १५००
आईसीसी सदस्य होमनाथ पौडेल १५००
आईसीसी सदस्य सालिक सापकोटा १५००
आईसीसी सदस्य सुशिला राई १५००
आईसीसी सदस्य योगकुमार फगामी १५००
आईसीसी सदस्य लिलादेवी गुरुगं १५००


आईसीसी सदस्यका उमेदवारी शुल्क बापत जम्मा आम्दानी २१ हजार पाउण्ड 

अतः
उमेद्वारी शुल्क राष्ट्रिय समन्वय समिति ४०२५०
उमेद्वारी शुल्क इङ्गल्याण्ड ३२५०
उमेद्वारी शुल्क स्कटल्याण्ड ३१००
उमेद्वारी शुल्क वेल्स १८५०
उमेद्वारी शुल्क आयरल्याण्ड १९५०
उमेद्वारी शुल्क आईसीसी सदस्य २१०००
उमेद्वारी शुल्क बापत जम्मा आम्दानी ७१४००

यसरी आम्दानी ७१ हजार ४ सय भए पनि निर्वाचन समितिले एनआरएन युकेलाई उमेद्बारी शुल्क बापतको आम्दानी केवल ६८ हजार ७ सय मात्र देखाएको थियो । दर्पण संसारले विगत लामो समयदेखि निष्पक्ष र स्वतन्त्र पत्रकारिता मार्फत विश्वभर रहेका नेपाली भाषी पाठकहरुलाई सु-सूचित गर्दै आएको छ । हामी हाम्रा पाठकहरुका लागि तथ्य र श्रोतद्वारा पुष्टी भएका समाचार सामाग्रीहरु मात्र पस्किन्छौ । एनआरएन युकेको २०१९ मा भएको निर्वाचनमा उमेद्वार शुल्क बापत उठेक पैसाको हिसाव किताव गोलमाल भएको सम्बन्धि हामीले प्रकाशित गरेको समाचार पनि श्रोत र तथ्यहरुबाट पुष्टी भए पछि मात्र प्रकाशित गरिएको हो ।


तथ्य १
निर्वाचन समितिले दिएको बिवरण अनुसार उमेद्बारी शुल्कबाट भएको आम्दानी जम्मा ६८ हजार ७ सय मात्र हो । यो विवरण पुरानो कार्य समितिले नया कार्य समितिलाई मिति १९ जनवरी २०२० मा हस्तान्तरण गरेको खर्च तथा आम्दानीको विवरणको पेज २ मा उल्लेख छ ।
तथ्य २

निर्वाचन समितिले उमेदवारी शुल्क नगदमा बुझेको थियो भने उमेद्वारी रद्द वा फिर्ता हुदा पनि शुल्क फिर्ता हुदैन भनेर सूचित गरीएको थियो । हेर्नुहोस सूचनाको बुदा नं ६ ।
तथ्य ३
उमेदवारको नामावली

 

 

 
 
 
 

 

 

 

 

"

"

प्रतिक्रिया दिनुहोस्