फरक फरक कर्मबाट स्थापित भएका लेखक तथा राजनीतिक विश्लेषकद्वय रामसिंह रावल र लाओस राईबीच लोभलाग्दो केमेष्ट्री छ । लेखन, व्यवसाय र राजनीतिका बारेमा उनीहरुको भिन्न धारणा छ । अलग बुझाइछ ।
धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको दुई दशक यता नेतृत्व चयनमा नाटकीय सहमति बनेको छ । अध्यक्षमा मात्र एकै पटक तीन जना चयन भएका छन् । संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा.बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।
बेलायतस्थित कृयाशिल पत्रकारहरु तथा १६ भन्दा बढि संचार गृहहरुले गरेको स्वागत तथा अन्तरक्रियामा राजदूत आचार्य उक्त जानकारी दिएका हुन् । उनले गोर्खा वार्तालाई उच्च प्राथमिकतामा राखेको बताए । राजदुत आचार्य नेपाल सरकारका तर्फबाट बेलायतसँग वार्ता गर्ने टोलीका संयोजक हुन्