अर्थमन्त्री जनार्दन शर्मा यतिबेला चर्को दबाब खेपिरहेका छन् । बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै शर्माको राजीनामा मागिएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा पनि शर्माले स्पष्टीकरण दिनुपर्ने आवाज उठेको छ ।"
श्रम ऐन, नियमावली तथा सामाजिक सुरक्षा क्षेत्रका सेवा सुविधा तथा पारिश्रमिक सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीले पाउन नसकेको बताइएको छ । सोही कारण सहकारी क्षेत्रको रोजगारी भरपर्दो र मर्यादित समेत हुन नसकेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले बताएका छन् ।
विश्व बैंकले आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल इकनमिक प्रस्पेक्ट’ प्रतिवेदनका अनुसार सन् २०२२/०२३ मा नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत हुने देखिएको हो ।
काठमाडौं । धान रोप्ने मुख्य सिजनमा रासायनिक मलको अभाव खड्किएपछि नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेपछि नेताहरु सरकारको कार्यशैलीविरुद्ध उत्रिएका हुन् । नेपाली कांग्रेसका सांसद गगन थापाले असारको मसान्तसम्मा मल नआउने ठोकुवा गरेका छन् ।