Advertisement

उपनिर्वाचनमा जीतहारको हिसाबकिताव : कमजोर कोही छैनन्

6 घण्टा अगाडी

काठमाडौं । उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन मात्र कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगायो । आउँदो मंसिर १४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभामा रिक्त रहेको सांसद पदका लागि हुन लागेको निर्वाचनका लागि उसले सहजै उम्मेदवारको टुंगो लगाउन सकेन । चार सिटमा उम्मेदवार टुङ्गो लगाउनु परे पनि पार्टीमा विवाद देखियो । उम्मेदवार टुंगो लगाउन दुई दिन लगातार बैठक बस्दा समेत पार्टीभित्र मौलाएको गुटले समस्या सृजना गर्‍यो ।

नतीजामा उपनिर्वाचनका लागि संस्थापन पक्ष अर्थात् देउवालाई दुई सिट तथा महामन्त्री शंशाक कोइरालालाई एक सिट निर्वाचन क्षेत्र भागवण्डामा परेको छ । कांग्रेसमा तेस्रो धार सम्हालेका पूर्व महामन्त्री तथा केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलालाई एक सिट मिलेको छ ।

बुधबारको पार्टी बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शंशाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा केन्द्रिय सदस्य कृष्ण सिटौला बैठक नै वहिष्कार गरेर हिड्ने वातावरण बनेपछि भागवण्डा नै अन्तिम विकल्प बनेको हो । उम्मेदवार एकलौटी छान्नुहोस् भन्दै सभापति शेरवहादुर देउवा सामु घुर्की लगाएर हिंडेपछि पार्टीमा भागवण्डा विकल्प बनेको हो ।

उपनिर्वाचनका लागि कास्कीको क्षेत्र नम्बर २ एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र हो । २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा यहाँ तत्कालिन एमालेले बाजी मारेको थियो ।

दुई दिनको कसरतपछि नेपाली कांग्रेसले पुराना नेता खेमराज पौडेललाई विद्या भट्टराईको विरुद्धमा उठाएको छ । १६ जना आकांक्षीको चर्चा चलेपनि देउवाको एकलौटी निर्णयले पौडेललाई टिकट मिलेको हो । वीपी कोइरालाको नेतृत्वकालदेखि नै कांग्रेस पार्टीमा सक्रिय पौडेल अहिले देउवा निकट मानिन्छन् ।

‘पर्यटक उम्मेदवार’लाई कास्की जिल्लाले सहयोग नगर्ने चेतावनी दिएपछि केन्द्रिय सदस्य तथा युवा नेताको छवि बनाएका धनराज गुरुङले निर्वाचनबाट खुट्टा झिक्नु परेको छ । स्रोतका अनुसार संस्थापन बिरोधी पौडेल र सिटौला देवराज चालिसेलाई उम्मेदवार बनाउने पक्षमा थिए । २०७४ मा सम्पन्न निर्वाचनमा चालिसे यहाँबाट पराजित भएका थिए । अधिकारी र उनका बीचको मतान्तर ८ हजार ५ सय ४६ रहेको थियो ।

यो निर्वाचन क्षेत्र वाइवडी विमान खरीदमा देखिएको चर्को विवादका वावजुद प्रसिद्धी आर्जन गर्दैै गरेका नेकपाका युवा नेता रविन्द्र अधिकारीको हो । हेलिकप्टर दुर्घट्नामा उनको दुःखद निधनपछि उक्त क्षेत्रमा नेकपाले उनको श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाएको हो । तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सक्रिय राजनीति गरेकी विद्या भण्डारी पेशाले उप–प्राध्यापक हुन् । आरआर क्याम्पस काठमाडौंमा प्राध्यापन पेशामा सक्रिय उनलाई रविन्द्रको लोकप्रियताले पनि साथ दिनेछ । साथै सान्त्वना भोट मिल्ने अनुमान पनि विश्लेषकहरुले बताउने गरेका छन् ।

रुपान्तरणसँग कुराकानी गर्दै स्थानीय तहमा जनप्रतिनिधि समेत रहेका कांस्की कांग्रेसका एक नेताले संस्थापन बिरोधी पक्षबाट आकांक्षी रहेका देवराज चालिसेले सहयोग गरे पौडेलको जितको सम्भावना छ । ‘आजिवन कांग्रसेको झण्डामुनी बसेर राजनीति गरेका अग्रजलाई टिकट दिंदा सकारात्मक सन्देश त गएको छ’,उनले भने–‘अन्य आकांक्षी १५ जनाको सहयोग पाएमा कम्युनिष्ट सरकारको साख गिरिरहेको अवस्थामा पौडेलको जित असम्भव छ जस्तो लाग्दैन ।’

कांस्कीमा कांग्रेस उम्मेदवार पौडेललाई चुनौती उतिकै छ । सबभन्दा ठूलो चुनौति स्रोतकै हो । यसबाहेक, युवा नेतृत्वलाई टिकट दिन माग भइरहेका बेला उमेरले पाकेका उम्मेदवारलाई अलिकति अप्ठेरो पर्नु स्वाभाविक हो । साझा पार्टीबाट रजनी केसी उठ्नु पनि कांग्रेसका लागि नकारात्मक देखिन्छ । रजनीले साझा पार्टी प्रवेश गर्नुपूर्व कांग्रेसको राजनीति गरेकी थिइन ।

स्रोतका अनुसार महत्वकाक्षां र प्रतिशोधका कारण कांग्रेस छोडेर रबीन्द्र मिश्रको तराजु समातेर साझा बाटोमा आएकी उनले अहिले कांग्रेसको भोट काट्न प्रयास गरिरहेको आरोप लाग्न थालिसकेको छ । कांग्रेसलाई थपिएका १ हजार २ सय २० भोट कसरी आकर्षित गर्ने भन्ने चुनौति पनि रहेको छ ।

भागवण्डाका कारण प्रदेश सभा उपनिर्वाचन अन्तर्गत वाग्लुङ २ ९ख० को टिकट सिटौलाको पक्षमा परेको छ । यो क्षेत्रमा अघिल्लो निर्वाचनमा यहीँबाट पराजित नेता जीत शेरचनले टिकट पाएका छन् । सिटौला पक्षधर शेरचन अघिल्लो निर्वाचनमा राष्ट्रिय जनमोर्चाका र नेकपा गठबन्धनबाट उम्मेदवार बनेका स्व। टेकबहादुर घर्तीसँग पराजित भएका थिए । शेरचनलाई आफू पराजित भएको ३ हजार २ सय ६० मत फर्काउनुको साथै थपिएको ३ हजार ६ सय ८६ मतलाई आकर्षित गर्ने चुनौती रहेको छ ।

उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले २०७४ सालमा सम्पन्न निर्वाचनमा जस्तै नेकपासँग गठबन्धन गरेको छ । जनमोर्चाको विरासत जोगाउनका लागि खिमविक्रम शाही शेरचनको विरुद्धमा चुनावी मैदानमा रहेका छन् । विवेकशील दलले सन्तोष भण्डारीलाई यहाँबाट उम्मेदवार बनाएको छ ।

प्रदेश सभा अन्तर्गत दाङ ३ ९ख० बाट केशव आचार्य चुनावी मैदानमा उत्रिएका छन् । उनलाई दुई वर्ष अघि बुद्धिराम भण्डारीले गुमाएको ६ हजार ४ सय ३५ मत फिर्ता ल्याउनुका साथै ७ हजार भन्दा बढी थपिएको मत आफ्नो पक्षमा पार्नु पर्ने चुनौती छ । यस क्षेत्रबाट नेकपाले विमला वलीलाई उम्मेदवार बनाएको छ । विमला स्व। उत्तरकुमार वलीको श्रीमती हुन् । दुई वर्ष अघि भएको निर्वाचनमा स्व। वली यहाँबाट विजयी भएका थिए ।

भक्तपुर प्रदेश सभा क्षेत्र १ ९क० देउवाले आफ्नै भागमा राखेका छन् । यहाँबाट देउवा निकट कृष्ण भंडेलले उम्मेदवारी मनोनयन गराइसकेका छन् । भंडेल नेकपाका देवीप्रसाद ढकालसँग चुनावी मैदानमा भिड्दै छन् ।

दुई वर्ष अघि सम्पन्न निर्वाचनमा वाम गठबन्धनबाट ढकाल उम्मेदवार बनेका थिए । उनले ७ सय ४८ मत मात्र ल्याएका थिए । यता, कांग्रेसबाट उम्मेदवार बनेका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत ल्याएका थिए । भडेललाई यहाँ २ हजार ८ सय १२ मत पूर्ति गर्नुपर्ने देखिन्छ भने थपिएको १ हजार ४ सय ६३ मत आफ्नो प्रभावमा पार्नुपर्ने जरुरी रहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement