Advertisement

महराविरुद्ध रोशनी शाहीले उजुरी दिएपछि प्रहरीको यस्तो तयारी

56 मिनेट अगाडी

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले अन्ततः प्रहरीमा उजुरी दिएकी छिन् । आफुमाथि महराले बलात्कार प्रयास गरेको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।

उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा आफूलाई बलात्कारको प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै महराविरुद्ध शुक्रबार उजुरी दर्ता गराएकी हुन् । प्रहरीले भने अदालत खुलेलगत्तै अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

असोज १२ गते आइतबार राति आफ्नै कोठामा महराबाट आफुमाथि बलात्कारको प्रयास भएको र कुटपीटसमेत गरिएको भन्दै पीडित शाहीले सोमवार ‘हाम्रा कुरा डटकम’ लाई बताएपछि घटना सार्वजनिक भएको थियो ।

शाहीले यस्तो बताएलगत्तै नेकपाको सचिवलाय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा गर्न निर्देशन दिएको थियो । तर महराले सभामुखबाट राजीनामा दिएपनि सांसद पदबाट भने अझै पद त्याग गरेका छैनन् ।

सभामुखबाट राजीनामा दिएलगत्तै पीडित शाहीको बयान फेर्न महरापक्षले ठूलै कसरत गरेको देखिएको थियो । अघिल्लो दिन महराले आफुलाई बलात्कार गरेको भनेकी शाहीले भोलिपल्ट महरा पक्षका तीब्र दबाबमा उक्त दिन महरा आफ्नो कोठामै नआएको बताउन बाध्य पारिएकी थिइन् ।

अझ उनलाई तीनकुने प्रहरी वृत्तमा लगेर महराबाट आफुमाथि केही नभएको भन्दै निवेदन दिन लगाइएको थियो । रोशनीलाई उनका पतिले छोडपत्रका लागि सहमति गरेको भन्दै पत्र सार्वजनिक गरेका थिए ।

तर शुक्रवार फेरि प्रहरीसमक्ष उनले उजुरी दर्ता गराएकी हुन् । उनको उजुरीसँगै महरामाथि छानबिन गर्न प्रहरीलाई सजिलो भएको छ ।
यसअघि पीडितको उजुरी नआएको र महराबाट आफुलाई केही नभएको भन्ने निवेदन परेकाले कार्वाही गर्न नसकिएको प्रहरीले बताएको थियो । 

यद्यपि घटना भएको तेस्रो दिन असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएको भनिएको रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान बरामद गरेको थियो ।

जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ भने त्रिवि शिक्षण अस्पतालमा रोशनीको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement