Advertisement

प्रधानमन्त्री ओलीले ‘ढाँटे’को नयाँ तथ्यांक र यथार्थमा कति अन्तर ?

1 दिन अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको वैठककलाई सम्बोधन गर्दै वर्तमान सरकार गठन भएपछि विकासको कामले गति लिएको र मुलुक समृद्धितर्फ अघि बढेको दाबी गरे ।

उनले आर्थिक सूचकहरु सकारात्मक रहेको दाबी समेत गरे तर सरोकारवाला निकाय र विज्ञहरुले दिएका तथ्यांक र प्रधानमन्त्रीका तथ्यांकमा भने ठूलो अन्तर रहेको छ । यो तथ्याकंबाट प्रधानमन्त्रीले जनतालाई सरासर ढाँटेको पुष्टी गर्छ ।

प्रधानमन्त्रीले प्रस्तुत गरेका तथ्यांक र नेपाल राष्ट्र बैंक, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग विभाग एवं महालेखा नियन्त्रकको कार्यालयका तथ्यांकसंग मेल नखाएको पाइयो ।

प्रधानमन्त्रीले मूल्य वृद्धि घटेर ३ दशमलव ७ प्रतिशतमा सिमित भएको तथ्यांक प्रस्तुत गर्नुभयो । तर राष्ट्र बैंकले चालु आर्थिक बर्षको कात्तिक महिना सम्मको तथ्यांक यहि पुष ९ गते सार्वजनिक गरेकोमा मूल्य बृद्धिदर ४ दशममल २ प्रतिशत रहेको छ ।

प्रधानमन्त्रीले पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको दाबी गरे । तर महालेखा नियन्त्रकको कार्यालयको वेबसाइटमा सार्वजनिक तथ्यांक अनुसार सोमबार सम्म विकास खर्च जम्मा १५ दशमलब चार नौ प्रतिशत मात्र भएको देखिन्छ ।

प्रधानमन्त्रीले व्यापारघाटा १ दशमलव शून्य पाँच प्रतिशत घटेको दाबी गरे । तर व्यापार घाटा कम हुनको सट्टा झन बढ्दै गएको तथ्यांक छ । यस अवधिमा व्यापार घाटा करिव ३८ प्रतिशतले बढेर ४५४ अर्ब ४८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्दले सार्वजनिक गरेको ५ महिनाको वैदेशिक व्यापारको तथ्यांकमा नेपालको कुल निकासी १२.३ प्रतिशतले वृद्धि भर्ई रु ३७.५० अर्व तथा कुल पैठारीमा ३३.८ प्रतिशतले वृद्धि भई रु. ६०७ अर्व पुगेको छ ।

गत बर्षको यसै अवधिमा निकासी, पैठारी व्यापारको अनुपात १ः१३.६ रहेकोमा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१६.२ रहेको केन्द्रको तथ्यांक छ ।

यसरी आफुले प्रस्तुत गरेका तथ्यांकमाथी नै ब्यापक प्रश्न उठे पछि प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित कार्यक्रममा यसरी बचाउ गरे ।

यता अनुसन्धान तथा तथ्यांक सम्बन्धी काम गरिरहेको संस्था फ्याक्ट्स नेपालले तथ्याकंलाई नयाँ ढंगले प्रस्तुत गरेको छ ।

प्रधानमन्त्रीको प्रस्तुतीले उनको सचिबालय नै मजवुत र सक्षम छैन भन्ने देखाएको छ भने प्रधानमन्त्री स्वयम पनि कति जिम्मेवार र गम्भीर छन् भन्ने प्रश्न उब्जिएको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement