Advertisement

कांग्रेसभित्र भुसको आगो झै ‘हिन्दु राष्ट्र’ को बहस !

1 महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेस संविधान निर्माणका क्रममा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र राख्नुपर्छ भन्ने मान्यतामा कसरी सहमत भयो भन्ने विषयमा धेरै कोणहरुबाट बहसहरु भए ।

तत्कालिन अवस्थामा ‘धर्म निरपेक्ष कि धार्मिक स्वतन्त्रता’ भन्ने बहस चलिरहेका बेला अन्तरिम संविधानको व्यवस्थालाई नयां संविधानको मस्यौदामा पनि निरन्तरता दिइएपछि त्यसप्रति व्यापक प्रतिक्रियाहरु आए ।

पञ्चायती संविधानमा हिन्दु राष्ट्रको प्रावधान २०४७ सालको संविधानमा पनि निरन्तरता पाएको तर २०६२/०६३ को जनआन्दोलनपछि निर्मित अन्तरिम संविधानमा उक्त प्रावधान हटाएर धर्म निरपेक्षताको व्यवस्था राखिएको थियो ।

 संविधानले नै धर्मनिरपेक्ष उल्लेख गरिसकेपछि कांग्रेस, राप्रपालगायतका केही नेताहरुले ब्यापक रुपमा विरोध जनाए । 

नेताहरु एक आपसमा विभाजित भए । यद्यपी, अहिले पनि यो मुद्दामा बहस चलिरहेकै छ । कांग्रेसलाई आफैंले बनाएको संविधानका बारेमा बोल्न कठिन भइरहेको छ तर धर्मका बारेमा बहस भने जारी छ ।

कम्युनिष्ट पार्टीको गठबन्धन सरकारले हालै एसिया प्यासिफिक समिटमार्फत मुलुकलाई ‘ईसाइकरण’ गर्ने र क्रिश्चियनलाई प्रवद्र्धन गर्ने काम गरेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा कार्यकर्ताहरुले सरकारको आलोचना गरिरहेका छन् ।

आलोचना मात्र होइन नेपालमा क्रिस्चियन धर्मको प्रचार बढ्दै गएको भन्दै कांग्रेसभित्र हिन्दुराज्य कायम गर्नुपर्ने बहसले स्थान पाउन थालेको छ ।

हालै नुवाकोटको ककनी र कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको भेलामा सहभागी भएकाहरुले आगामी महासमिति बैठकबाटै धर्मकाबारेमा ठोस निर्णय गर्नुपर्ने विचारहरु ब्यक्त गरे । त्यतिमात्र होइन हेटौंडा भेलामा पनि धर्मका बारेमा ब्यापक चर्चा परिचर्चा हुनपुग्यो ।

कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले हिन्दुधर्म नासिने अवस्थामा पुगेको र संस्कारहरुसमेत धरासायी हुँदै गएको भन्दै मुलुकलाई हिन्दुराज्य कायम गर्नेगरी पार्टीले बहस अघि बढाउनुपर्ने तर्कहरु समेत राखे 

उनीहरुले कम्युनिस्ट नेतृत्वको सरकार परम्परा र हिन्दुधर्मलाई नासेर क्रिस्चियन धर्म प्रचारमा केन्द्रित भएको भन्दै महासमिति बैठकबाटै पार्टीले हिन्दुधर्मकाबारेमा स्पस्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए ।

कांग्रेसका नेताहरु हिन्दुधर्मका विषयमा जनमतसंग्रह आवश्यक भएको बताउन थालेका छन् । केन्द्रीय समितिमै रहेका कतिपय नेताहरु धर्मनिरपेक्षका विरुद्धमा खुलेरै पनि लागेका छन् ।

कांग्रेसका कतिपय पुराना नेताहरु त कांग्रेसकै नेतृत्वमा बनेको संविधानमा धर्मनिरपेक्ष उल्लेख गरिएपछि सक्रिय राजनीतिबाट नै पछाडी हटे र नेतृत्वको आलोचना गर्नमा खटिए । उनीहरुले हिन्दु राष्ट्रको बहस अहिलेपनि चर्काइरहेका छन् ।

हिन्दुधर्मका विषयमा नेपाली कांग्रेसले जनमतसंग्रहका लागि महासमिति बैठकबाट प्रस्ताव पारित गर्नुपर्ने मत कतिपय नेताहरुले माग पनि उठाइरहेका छन् ।

यद्यपी, धर्म निरपेक्षता पदावलिले सबै धर्मलाई समान व्यवहारको परिकल्पना गरेको भन्दै त्यसलाई चलाउन नहुने पक्षमा कतिपय नेता छन् । धर्म निरपेक्षको परिभाषालाई धेरै तरिकाले बंङ्ग्याइएकोले मात्र जनताहरु भ्रममा पारेको उनीहरुको भनाई छ ।

कांग्रेस भित्रकै दिवंगत खुमवहादुर खड्काको खेमाले त हिन्दु राष्ट्र हुनुपर्छ भनेर देशब्यापी अभियान नै चलायो । अहिले पनि कतिपय नेताहरु ‘धार्मिक स्वतन्त्रता’ पक्षमा लविङ गरिरहेका छन् । महामन्त्री डा। शंसाक कोइराला बेलामौका हिन्दु राष्ट्र हुनुपर्ने अभिब्यक्ति दिइरहेका छन् ।

तर सत्तारुढ दलका नेतहरु भने धर्मका नाममा राजनीति गर्न खोजिएको भन्दै त्यसको विपक्षमा छन् । उनीहरु जबरजस्ती धर्म परिवर्तन गराउने ब्यक्तिाई कडा कानुन बनिसकेकाले समस्या नहुने तर्कहरु राखिरहेका छन् ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement