Advertisement

नारायणहिटीका गोप्य दश कोठामा के गर्थे पूर्वराजा-रानी ?

1 महिना अगाडी

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयका १० कोठा (कक्ष) सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।

सङ्ग्रहालयका सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अङ्गरक्षकहरुको कार्यकक्ष शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अवलोकन गरी खुला भएको घोषणा गरे ।

शृङ्गार कक्षका रुपमा राखिएको सिन्धुली बैठकमा तत्कालीन रानीले पोशाक पहिरिने, शृङ्गार गर्ने तथा दिउँसोको खानापछि आराम गर्न प्रयोग गरिन्थ्यो ।

गणेश हिमाल कार्य कक्ष भनिने झापालाई प्रतीक्षालयका रुपमा उपयोग गरिएको थियो । यस कोठामा पूर्वराजाले छलफल तथा दर्शनभेट कार्यक्रम हुँदा आउनुहुने पाहुनालाई राखिन्थ्यो । इलामलाई समेत गणेश हिमाल कार्य कक्षको नाम दिइएको छ । यो कोठामा तत्कालीन राजाले हप्ताको एक दिन प्रायः बिहीबार 

प्रधानमन्त्रीसँग छलफल गर्ने गरी उपयोग गरिएको थियो । यो कक्षमा अन्य विशिष्ट व्यक्तित्वसँग पनि वार्ता हुने गर्दथ्यो ।

दरबारभित्रको सुनसरी लेखिएको कोठामा पूर्वराजा तथा राजपरिवारका सदस्यले श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन एवं नव यज्ञोपवित धारण गर्ने कार्यक्रम हुन्थ्यो ।

रक्षाबन्धन कक्ष भनेर समेत नामाकरण गरिएको यो कोठामा राजपरिवारका सदस्यको अन्य धार्मिक गतिविधि हुन्थ्यो । सप्तरी जिल्लाको नाममा नामाकरण गरिएको कक्षमा विभिन्न समयमा हुने रात्रि तथा दिवा भोजको चोेखो (शाकाहारी) खाना राखिन्थ्यो ।

यसलाई भोजन कक्षको नामले समेत चिनिन्छ । पूर्व मुमाबडामहारानी तथा तत्कालीन युवराजको जन्मोत्सवका अवसरमा धनुषा बैठकमा आयोजना हुने कार्यक्रममा सहभागीको भोजन गर्ने कोठाका रुपमा समेत यसलाई उपयोग गरिएको नारायणहिटी दरबार सङ्ग्रहालयले जनाएको छ ।

सिराहा बैठक कक्षमा सप्तरी भोजन कोठामा भोज आयोजना हुँदा खानाअघि र पछि बसेर छलफल गरिन्थ्यो ।

धनुषा बैठक कक्षमा बडादशैँको टीकाग्रहण, विभूषण प्रदान गर्नेलगायत विभिन्न कामका लागि प्रयोग गरिन्थ्यो । पर्सा, चितवन र कपिलवस्तु बैठक कक्षलाई पाहुना कोठाका रुपमा उपयोग गरिएको थियो । अङ्गरक्षकहरुको कार्य कक्षमा पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी बस्ने गरेको जनाइएको छ ।

दश कक्षको अवलोकनपछि खुला गरिएको घोषणा गर्दै मन्त्री अधिकारीले दरबारभित्रको चलचित्र घर र पुस्तकालयबाहेकका सबै कोठा सर्वसाधारणले अवलोकन गर्न सक्ने जानकारी दिए ।

ती दुई कोठालाई पनि छिटोभन्दा छिटो अवलोकन गर्न सक्ने गरी तयारी गरिएको उनले जानकारी दिए । दरबारमा ५२ कक्ष भनिएका कुन कुन हुन् तिनको वास्तविक विवरण सङ्कलन गर्न मन्त्री अधिकारीले निर्देशन दिए ।

सङ्ग्रहालयको गुरुयोजना अन्तिम चरणमा पुगेकाले त्यसको कार्यान्वयनपछि आकर्षकस्थलका रुपमा विकास गरिने उनले बताए ।

मन्त्रालयले करीब एक महीनाअघि पूर्वराजाले पहिरिने श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरेको थियो । कार्यक्रममा पुरातत्व विभाग र नारायणहिटी दरबार सङ्ग्रहालयका अधिकारीहरुको पनि उपस्थिति थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement