Advertisement

विश्वब्यापी #Me Too अभियानले नेपालमा हलचल

2 महिना अगाडी

काठमाडौं । विश्वव्यापी चर्चामा रहेको मीटु अभियानले नेपालमा पनि प्रवेश पाएको छ ।

१५ बर्ष अघिको एक घटनाका कारण प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित यो अभियानको पहिलो शिकार बने ।

१५ बर्ष अघि रश्मिला प्रजापतीले आफूले भोगेको तितो यथार्थ सामाजिक संजालमा लेख्दै स्थापितको पर्दाफास गरिन् । त्यसपछि नेपालमा पनि यस अभियानले हलचल मच्चाइरहेको छ ।

नेपालमा पनि केही महिला पत्रकारहरुले आफुहरुमाथि यौनशोषण भएको मीटु अभियानमार्फत सार्वजनिक गरेका छन् । भारतमा एक पछि अर्को गर्दै यौन हिंसाका घटनाहरु सार्वजनिक हुन थालेका छन् ।

अमेरिकाका केही महिलाले यौनउत्पीडनविरूद्व गत वर्ष सामाजिक सञ्जालमा आवाज उठाउँदै सुरु गरेको ह्यासट्याग मीटु अभियान विश्वव्यापी फैलिएको छ ।

९० भन्दा बढी देशका महिलाले यो अभियानमार्फत आफुमाथि भएका यौनहिँसाका घटनालाई सार्वजनिक गरेका छन् ।

हलिउडका नामी फिल्म निर्माता हार्भे विन्स्टनविरुद्ध थुप्रै अभिनेत्रीले यौनउत्पीडन र दुव्र्यवहारको आरोप लगाएका थिए ।

न्यूयोर्क टाइम्सले ती अभिनेत्रीहरुको बयान सिलसिलेवार रुपमा छाप्यो । अन्तमा हलिउडका हस्तीले हार मान्नु प¥यो ।

यो अभियानले भारतमा पनि तरंग पैदा गरेको छ । ्नाम चलेका कलाकार, पत्रकार, र राजनीतिज्ञको हर्कत सार्वजनिक भएको छ ।

भारतका विदेश राज्यमन्त्री एमजे अकबर त प्रकरणले पदबाट राजीनामा दिन बाध्य भए ।

चर्चित अभिनेता आलोकनाथ, लेखक चेतन भगतलगाएत नाम चलेका पत्रकार पनि दुव्र्यवहारको आरोपमा मुछिएका छन् ।

मीटु अभियान नेपालको राजनीतिमा समेत प्रवेश गरेको छ ।

केही नेपाली महिलाहरुले सामाजिक सञ्जालमार्फत आफुविरुद्व यौनशोषण र दुव्र्यवहार भएको दाबीसहितको विवरण सार्वजनिक गरेका छन् ।

पत्रकार रश्मीला प्रजापतिले मन्त्री केशव स्थापितमाथि यौनजन्य हिंसाको आरोप लगाउने उनी मात्र होइनन् ।

अर्की पूर्वपत्रकार उज्जला मर्हजनले पनि प्रजाप्रतिको आरोपलाई सहयोग पुग्ने गरी मन्त्री स्थापितले आफुलाई पनि दुव्र्यवहार गरेको आरोप लगाइन् ।

 यस अभियानले महिलालाई आफुमाथि भएको यौनजन्य हिंसाविरूद्ध बोल्ने साहस दिएको छ तर तथ्य र प्रमाणको दह्रो अभावमा मिटु अभियान अरोपप्रत्यारोमै सिमित हुने खतरा पनि छ ।

म्याद हदका कारणले आरोपीलाई कानुनी दायरामा ल्याउन सहज नभएको अधिवक्ता मीरा ढुंगानाको बुझाइ छ ।  यसका लागि कानुन नै संशोधन गर्नुपर्ने खाँचो रहेको उनको भनाइ छ ।

केहीले मीटु अभियान चर्चित व्यक्तिविरुद्व रिसिइबी साँध्ने माध्यम बनेको पनि टिप्पणी गरेका छन् ।

यदि साँच्चिकै यसको दुरुपयोग भएन भने अभियानले महिलाहरुलाई महिलाविरुद्व हुने जस्तोसुकै हिंसाको पनि प्रतिवाद गर्न सक्षम तुल्याउने छ ।

विभिन्न बहानामा महिलाको इच्छा विपरित यौन क्रियाकलाप नगर्न धेरै पुरुषहरुलाई यो अभियानले सचेत बनाएको हुनुपर्छ ।
 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement