Advertisement

‘किस भिडियो’को भरमा करोडौंको बार्गेनिङ गर्ने पक्राउ

4 महिना अगाडी

काठमाडौं । एउटा अनौठो ठगीको घट्नाले माहोल तताएको छ । संचारमाध्यममा उक्त घट्नाको समाचारले सनसनी मच्चाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले ठगी प्रयास गर्ने एक जोडी युवक-युवतीलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो । 

ललितपुरको कुपन्डोलस्थित एक व्यवसायीको कार्यालयमा २०७५ असार १ गते एक युवती पुग्छिन् । 

यी तिनै युवती हुन्छिन् जोसँग ती व्यवसायीको फेसबुक म्यासेन्जरमा सामान्य कुराकानी मात्र भएको हुन्छ। आफ्नो नाम निशा अधिकारी बताउने ती युवतीले व्यवसायीलाई फेसबुकमा एड गरेर साथी बनाएकी हुन्छिन्।

‘तपाइँसँग कुराकानी गर्नुछ एक पटक भेटौं न’, युवतीको प्रस्ताव हुन्छ। उनको प्रस्तावमा व्यवसायी सहमत भएपछि उनी कुपन्डोलस्थित कार्यालय पुगेकी हुन्छिन्।

कालो चश्मा, फूलबुट्टे सर्ट र जिन्स लगाएकी युवती कार्यालयमा प्रवेश गरेसँगै माहोल अर्कै बन्छ ।

कुराकानीका सिलसिलामा त्यहाँ आफ्नो नाम फरक भएको उनले खुलाउँछिन्। ‘मेरो घर झापा बुधबारे हो वास्तविक नाम चाहिँ ईन्दु’, उनी भन्छिन्।

कुराकानीकै सिलसिलामा उनले मोबाइलमा भिडियो अन गर्छिन्। सोफामा बसेका व्यवसायीको नजिक पुग्छिन्। त्यसपछि अँगालो मार्छिन् । चुम्बन गर्छिन् । दुवैबीचका अन्तरंग क्रियाकलाप भिडियोमा कैद हुन्छन् ।

यहाँसम्म ठिकै हुन्छ । तर जब ईन्दु उर्फ निशा त्यहाँबाट बाहिरिन्छिन् त्यस लगत्तै ती व्यापारीको मोबाइलको फोनमा घन्टी बज्छ ।

 ‘तेरो र निशाबीच भएको अन्तरंग क्रियाकलापको भिडियो रेकर्ड मसँग छ। एक करोड रुपैयाँ नदिए युट्युब, फेसबुकमा अपलोड गरेर चरित्र हत्या गर्दिन्छु’, गणेश लामा नाम बताउने व्यक्तिले अडियो कलिङ साइट इमोबाट फोन गर्दै भन्छन् ।

आफूसँग ब्ल्याकमेलिङ गरेर पैसा असुल्न खोजेको थाहा पाएपछि व्यवसायी प्रहरीको शरणमा पुग्छन् । महानगरीय प्रहरी अपराध महाशाखाले यो घटनाको अनुसन्धान थाल्छ ।

अनुसन्धानले गोरखा जिल्ला पालुङ्टार–८ घर भएका बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउँपालिका–४ स्थायी घर भएकी ईन्दिरा उप्रेती संलग्न भएको पुष्टि हुन्छ ।

प्रहरी खोजी सूचीमा रहेका उनीहरुलाई महाशाखाको टोलीले कार्तिक ६ गते गौशालाबाट पक्राउ गरेको छ ।

दुवैलाई अपराधिक लाभको कसूरमा अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको महाशाखाले उल्लेख गरेको छ । स्रोतः नेपाल खबर डटकम


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement