Advertisement

हावाबाट विजुली उत्पादन हुन थालेपछि गाउँहरु झिलीमिली

2 दिन अगाडी

काठमाडौं । हावाबाट पनि विजुली उत्पादन हुन्छ र ? भन्ने प्रश्नको जवाफ नेपालकै विभिन्न स्थानमा भइरहेको उत्पादनबाट पाउन सकिन्छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा हावा र सौर्यशक्तिबाट बिजुली निकालिएको छ ।

यसअघि विद्युतको पहुँच नभएको गाउँमा हावा र सौर्यशक्तिबाट विजुली निकालिएपछि सिंगो गाउँ नै झिलीमिली बनेको छ ।

हावाबाट विजुली निकाल्ने चर्चा केही वर्षअघिदेखि सुरु भएको थियो । जुन चर्चा चर्चामा मात्र नभई अहिले प्रयोगमै देखिएको छ ।

पाँचथरको मिक्लाजुङ सौर्य बाट ५० वाट र हावा बाट २० किलो वाट गरी जम्मा ७० किलोवाट उत्पादन गरेपछि यस क्षेत्रका  १ सय १० घरधुरी लाभान्वित भएका छन् ।

अहिले विजुली परीक्षणको क्रममा रहेको सप्तमी सौर्य उर्जा ब्यवस्थापन समितीका अध्यक्ष गंगा आङदेम्बेले बताए ।

वाइरिङसहितका अन्य काम पुरा नभएका कारण यसको औपचारिक उद्घाटन भने हुन बाँकी  छ ।

विद्युत उत्पादनका लागि एसियाली विकास बैंकले ४ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै स्थानीयले कुल लागतको १० प्रतिशत लगानी गरेका छन् ।

सप्तमी सौर्य, वायु ऊर्जा मिनी ग्रिड नामक योजनामार्फत् सप्तमीमा हावाबाट बिजुली निकालिएको समितिका सचिव महेन्द्र आङदेम्बेले जानकारी दिए ।

उता, मुस्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भएको ३० वर्ष पछि सदरमुकाम जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा हावाबाट बिजुली उत्पादन शनिबारदेखि सुरू भएको छ ।

हावाबाट निकालिएको बिजुलीको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरिसकेका छन् ।

 बुद्ध पावर कम्पनीले निमार्ण गरेको दुई वटा टावरमा राखिएको पंखाबाट ३ किलोवाट विद्युत उत्पादन भएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन भइरहेको छ ।

त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् ।

यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ ।

यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिए ।

पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको केन्द्रमा हावाबाट एक हजार दुई सय वाटको विद्युत निकालिएको छ ।

पीडा नेपालको प्राविधिक र जर्मनीको विसिन्सको आर्थिक सहयोगमा कापेक संस्थाले आठ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत निकालेका हो।

१.२ किलोवाट क्षमतामा निकालिएको विद्युतका लागि ६ सय वाट हावाबाटै र बाँकी ६ सय वाटका लागि सोलार प्यानल जडान गरिएको छ । यो विद्युत कम्तिमा पनि पाँच वर्षसम्म सञ्चालन हुनेछ ।

निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्य चौकीमा यो विद्युत प्रयोग हुँदै आएको हेरालु बलिराम सुनारीले बताए ।

यी स्थानबाहेक देशका विभिन्न स्थानमा हावाबाट विजुली निकाल्ने प्रक्रिया अघि बढेको छ । हावाबाट विजुली उत्पादन हुनथालेपछि स्थानीय दंग छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement