Advertisement

सूर्योदय नगरले हान्यो युवाको पेटमा लात : आमरण अनशनको तयारी

9 मिनेट अगाडी

 इलाम । समृद्धिका चर्का कुरा गर्ने सुर्योदय नगरपालिकाले स्वरोजगार बन्न कम्बर कसेर लागेका युवाहरुको रोजगार बन्ने सपनामा प्रहार गरेको छ ।
पाँच लाख भन्दा माथी कर्जा दिएर अटो खरिद गरेका युवाहरुको अटो प्रहरी लगाएर पक्राउ गरेपछि युवाहरुको स्वदेशमै गरिखाने सपना भत्किएको हो ।

सुर्योदय नगरपालिका–११ का रविन आचार्य तीन बर्ष कतार बसेर पसिना वगाए । उनले त्यहाँ कमाएको रकमले काम दिएन । उनी घर फर्के र बैकबाट ६ लाख कर्जा निकालेर अटो खरिद गरे ।

मासिक कित्तामा अटो किनेका उनको अटोलाई नगरले प्रहरी लगाएर चार दिन अघि पक्राउ गर्यो । उनी अहिले न्यायका लागि सूयोदय नगरपालिकाको ढोका कुरीरहेका छन् । उनको अटो चार दिन देखि प्रहरी चौकी फिक्कलमा थन्किएको  छ ।

नगरपालिकाले रुटको अनुमति नदिएपछि उनी जस्तै विदेशबाट फकिएका आठ जनाको अटो अहिले प्रहरीले पक्राउ गरेको छ । विदेशबाट फर्कीएका युवाहरुले वित्तिय सस्थाबाट ऋण लिएर सञ्चालन गरेको अटो पक्राउ गरेपछि संकटमा परेको ९ बर्ष कतार बसेर फर्केका भेषराज आचार्यले बताए । उनले स्वरोजगार बन्न स्थानीय युवाले गरेको प्रयासमा नगरपालिकाले अबरोध गरेको गुनासो गरे ।

सूनपा–९ का राम कट्टेलले स्थानीय सरकारले अनुमति नदिए आमरण अनसन बस्ने बताए । नगरपालिकाको सुशासन समितिका संयोजक टेक बहादुर राईले मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले अटोको रुट पर्मिट नदिने निर्णय गरेको बताए ।

मेयर रण बहादुर राईले अघिल्लो नगर सभाको निर्णय अनुसार रुट पर्मिट नदिने निर्णय गरेको जानकारी दिए । स्थानीय उपभोक्ताहरुले नगरको निर्णयले स्थानीयलाई प्रभावित गरेको बताए ।

सुर्योदय नगरपालिकाका भेषराज भट्टराईले नगरको निर्णयले नागरिकले दुःख पाएको बताए । नगरको निर्णयले युवाहरुलाई विस्थापीत गरेर विदेश पठाउन प्रयास गरेको विताए ।

अटो पक्राउ गरेपछि युवाहरुले दैनिक पाँच हजारका दरले आय गुमाएको जनाएका छन् । उनीहरुले दैनिक एक हजारसम्म किस्ता तिर्नेगरी ऋण लिएको बताएका छन् । 

 




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement