Advertisement

संविधान ‘गीता’ र ‘महाभारत’ हो र संशोधन गर्न नमिल्ने ?: राप्रपा नेता, राजेन्द्र लिङदेन


नेपालको राजनीतिमा यतिबेला दुई राप्रपाबीचको एकताले राम्रै चर्चा पाइरहेको छ । पार्टी एकतापछि  संसदमा पनि पार्टीको बर्चश्व बढेर सिट ३७ पुगेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर नेतृत्वको राप्रपा एकता गरी राष्ट्रिय प्रजातन्त्र पार्टी एकतापछि हिन्दू राज्यको मुद्दा के होला ? अबको चुनावमा राप्रपाले कुन स्थान बनाउला ? लगायतका बिषयमाथि यतिबेला बहस भइरहेको छ । यसै सन्दर्भमा राप्रपाका नेता राजेन्द्र लिङदेनसँग गरिएको कुराकानीको अंश:

राप्रपाको एकीकरण गर्नुपर्ने बाध्यता कसरी आयो ?

एकीकरण बाध्यता भन्दा पनि आवश्यकता थियो । देशलाई एउटा बैकल्पिक, प्रजातान्त्रिक राष्ट्रबादी शक्ति दिनुपर्ने आजको आवश्यकता थियो । आम जनताको, कार्यकर्ताको चाहना र माग पनि त्यै थियो त्यसलाई मूर्त रुप दिन समयको आवश्यकता अनुसार दुई राप्रपा एक भएको हो । समयले मागेको पनि हो, एजेण्डा त मिल्ने नै भयो ।

पार्टी एकीकरण हुनु अघिका केही सर्त भन्न मिल्छ ?

मुल कुरा त हामीले बलियो प्रजातन्त्रिक राष्ट्रवादी शक्ति देशलाई प्रदान गर्ने, निरन्तरता सहितको परिवर्तनलाई आत्मसाथ गरेर जाने र हिन्दूत्वलाई मूल आधार बनाउने र त्यसको जगमा नेपाली जनतालाई आर्थिक समृद्धि प्रदान गर्ने यीनै मुद्धामा हामी सहमत भएका हौं । जसले एकीकरणसम्मको बाटोमा ल्याइदियो ।

अब राष्ट्रिय प्रजातन्त्र पार्टी कसरी अघि बढ्छ ?

यीनै मुद्दाहरुलाई लिएर केन्द्रीय तहमा छलफल चल्छ । अब जिल्ला तह र स्थानीय तहमा समेत एकीकरणको कामहरु सम्पन्न गर्न बाँकी छ । यी समग्र कामहरु सम्पन्न गर्दै मूल रुपमा प्रजातन्त्रलाई सुदृढ बनाउने राष्ट्रियतालाई बलियो बनाउने र नेपाली जनतालाई के गर्दा आर्थिक समृद्धि प्रदान गर्न सकिन्छ त्यसमा केन्द्रित भएर राप्रपा अघि बढ्छ ।

हिन्दू राज्यको मुद्दा कसरी उठाउँछ ? पहिलाको जस्तै सरकारमा गएपछि विर्सनेकी ?

सरकारमा जाने नजानेसँग यसले खासै अर्थ राख्दैन । सत्ता गौण कुरा हो । हिन्दू राष्ट्रको मुद्दा निरन्तर रुपमा उठाइरहन्छौं । हिन्दू राष्ट्रको एजेण्डा र सत्तामा जाने नजानेबीच कुनै सम्बन्ध रहन्न ।

सरकारमा जाने बिषयमा के हुन्छ ?

आवश्यकता र प्राथमिकताको आधारमा पार्टीले छलफल गरेर निर्णय गर्छ । केन्द्रीय समितिमा पनि छलफल हुन्छ । आवश्यक देखियो भने सत्तामा जाँदा देश जनताको भलो हुने, पार्टीलाई पनि बल पुग्ने देखियो भने सरकारमा जान पनि सक्छौं । सरकारको गतिविधि, देश÷जनताको अनुुकुल देखिएन, विगतको जस्तै खाली सरकारमा मात्र जाने भैरह्यो र राष्ट्रिय हित विपरितका गतिविधिहरु बढे भने भएका साथीहरुलाई पनि सरकारबाट फिर्ता बोलाउने पनि हुन सक्छ ।

राप्रपाले अब संविधान संशोधनलाई जरुरी ठान्छ कि ठान्दैन ?

संविधान चाहीं आफैंमा गीता होइन । गीता, महाभारत, पुराण पो संशोधन गर्न मिल्दैन । संविधान भन्ने चीज त्यसको नेचर र स्वभावले नै जनताले आवश्यक ठानेको बेला जुनसुकै  बेला संशोधन गर्न सकिन्छ । त्यो असंशोधनीय बिषय होइन । तर, अहिले संशोधनको कुरा जो उठिरहेछ त्यो केका लागि हो ?

त्यो प्रस्ताव आइसकेपछि मात्र हामीले संशोधन आवश्यक छ/छैन अथवा त्यसको पक्ष/विपक्षमा आफ्नो धारणा बनाउँछौं । तर, एउटा के कुरा प्रष्ट हो भने बजारमा आईरहेको अंगीकृत नागरिकलाई राष्ट्र प्रमुख बनाउने, सरकार प्रमुख बनाउने, संवैधानिक आयोगको प्रमुखहरु समेत बनाउन सकिने गरी संविधान संशोधनको प्रस्ताव आउँदैछ भन्ने जुन हल्ला आएको छ त्यसको विपक्षमा राप्रपा उभिन्छ ।

मधेसी मोर्चाको मागको बिषयमा राप्रपाले के गर्छ त ?

मधेसी मोर्चाको हकमा पनि हाम्रो प्रष्ट धारणा छ । मधेशको समस्या समाधान गरेर जानुपर्छ । मलाई व्यक्तिगत रुपमा भन्नुहुन्छ भने मधेसले अहिले जे समस्या उठाईरहेको छ त्यो भन्दा पनि मधेसको समस्या त्यहाँको अविकसितता र त्यहाँ रहेको भ्रष्टाचार चाहीं मुख्य समस्या हो । तसर्थ, त्यसको निदानका कार्यक्रमहरु ल्याउन जरुरी छ । सिमाङ्कनका कुराहरु पनि उठेका छन् । अहिले उठिरहेका कतिपय कुराहरु अत्यन्तै असान्दर्भिक पनि छन् । त्यसका बाबजुद पनि मधेस समस्यालाई सम्बोधन गरेर मिलाएर जानुको विकल्प छैन ।

राप्रपाले अख्तियार प्रमुख लोकमान सिहं कार्कीलाई लाई हटाउन नचाहेको हो ?

पार्टीले के निर्णय गर्छ भन्दा पनि लोकमानसिंह कार्कीलाई के अभियोग लगाइएको हो ? महाअभियोगमा केके कुराहरु उल्लेख छन् ? त्यसका तथ्यहरु के हुन् ? प्रमाणहरु के हुन् ? त्यसका सबै प्रमाणका बिषयहरु अभियोगकर्ताले हाम्रो पार्टीलाई प्रष्ट सँग नबुझाएको, भनि नसकेको र अभियोगका प्रमाणित हुने कुराहरु सार्बजनिक रुपमा नआइसकेको अवस्थामा हामीले पक्ष वा विपक्षमा उभिने निर्णय गर्न मिल्दैन ।

संसदमा पनि त्यसमा छलफल जारी छ त्यसपछि समितिमा आएर समितिको धारणा सार्वजनिक भैसकेपछि हाम्रो पार्टीले आफ्नो धारणा बनाउँछ । तर, जुन प्रकारले कार्की विरुद्ध महाअभियोग प्रस्ताव आयो त्यो आश्चर्यजनक छ र ठूला भ्रष्टाचारीहरु आयोगको कारबाहीबाट बच्नका लागि ल्याईएको हो कि भन्ने हाम्रो ठहर छ ।

प्रवासी नेपालीहरुको विषयमा तपाईहरुको धारणा ?

एकीकरण भन्दा पूर्व पनि संसारका धेरै देशहरुमा हामीले प्रवासी नेपाली एकता समाजका नाममा संगठन बिस्तार गरिरहेका थियौं । यसलाई अब अझ सशक्त ढंगले बिस्तार गर्दै जानेछौं । विदेशमा रहेर पनि नेपालको हित चाहनुहुने र देशको चिन्ता गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई राष्ट्रियता, प्रजातन्त्रको यो अभियानमा एक भएर सहभागी हुन आह्वान गर्दछौं ।

प्रस्तुती सौजन्य: गोविन्द मरासिनी

तस्विरः विनोद पाण्डेको फेसबुकबाट

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement