Advertisement

विश्वभरका नेपालीहरुको मन मातृभूमिप्रति समर्पित हुनुपर्छः अर्जुन श्रेष्ठ


नेपालको पश्चिम पहाडी जिल्ला पर्वतमा जन्मिएका अर्जुन श्रेष्ठ यतिबेला युरोपको समृद्ध मुलुक स्वीडेनमा बस्छन् । युरोपमा सामान्य जागिरे जीवन चलाउँदै नेपाल र प्रवासी नेपालीको सेवामा लागेका उनी यतिबेला गैरआवशीय नेपाली संघ(एनआरएनए) स्वीडेनका अध्यक्ष छन् ।

कानुन विषयमा उच्च शिक्षा हाँसिल गरेको उनले १७ बर्षसम्म गाउँकै विद्यालयमा शिक्षक बनेर सेवा पुर्याएका थिए । ०४६ सालमा प्रजातन्त्र प्राप्तीका लागि लडेका उनले ०५२ सालपछिको माओवादी युद्धकालमा चरम दुःखहरु भोगेका छन् ।

गाउँमा रहँदा विकास निर्माण मात्र होइन असहास, अशक्त र कानुनी जटिलता भोगिरहेका ब्यक्तिहरुका साहारा बनेका अर्जुनले दोस्रो जनआन्दोलनलाई सफल बनाएर युरोप उडेका थिए ।

युरोपमा पुगेर पनि आफ्नो दैनीकि गुजार्दै समस्यामा परेका नेपालीहरुलाई सेवाका साथै नेपालका दुर्गम गाउँका नेपालीलाई सहायता जुटाउँदै आएका अर्जुन एनआरएनएको सदस्य, महासचिब हुँदै स्वीडेनको नेतृत्व तहमा पुगेका हुन् ।

करिब १२ सय नेपाली रहेको स्वीडेनमा एनआरएनए मार्फत नयाँ योजनाहरु अघि सारेका छन् । युरोपमा नेपालीको समस्या, समाधानका पक्षहरु साथै नेपालका लागि भावी योजनाहरुका बारेमा नेपाल आएका बेला उनीसँग सक्षिप्त कुराकानी गरेका छौं:

एकदशक स्वीडेन बस्दा त्यहाँका नेपालीहरुको अवस्था कस्तो पाउनु भयो ?

स्वीडेन समृद्ध तर न्यून जनसंख्या भएको देश हो । नेपालीहरुको संख्या करिब १२ सय भन्दा बढी छैन । नेपालमा सैद्धान्तिक शिक्षा लिएका नेपालीहरुका निम्ती यहाँ रोजगारीका लागि निकै समस्या झेल्नुपर्छ । सीपमुलक व्यवहारिक शिक्षाको यहाँ अति आवश्यक छ ।

यहाँ आइपुगेका नेपालीहरुको प्रमुख समस्या भनेकै कानुनी समस्या हो । त्यसपछि रोजगारी र बसोबासको प्रमुख समस्या हो । तर यहाँको रहनसहन बुझेपछि र हातमा सीप भएपछि भने नेपालीहरुले अत्याधिक प्रगती गर्न सक्छन् । ठूलो सफलता हासिल गरेका नेपालीहरु धेरै छन् ।

एनआरएनएको नेतृत्व तहसम्म चाहिं कसरी पुग्नुभयो ?

म यहाँ आएपछि जागिरपछिको समयलाई सदुपयोग गरेर सामाजिक कार्यहरुमा सक्रिय भएँ । नेपालीहरुले स्थापना गरेका विभिन्न संघ संस्थाका सेवामुलक कार्यमा सहभागि हुन थालें । धेरै नेपालीहरुसँग सम्बन्ध विस्तार हुँदै गयो । कालान्तरमा गैरआवसीय नेपाली संघ(एनआरएनए) सँग जोडिन पुगें । त्यहाँ पुगेर पदमा दावी गर्ने भन्दा पनि मैले मातृभूमिको सेवामा सक्रिय भइरहें । त्यसपछि साथीहरुको विस्तारै म प्रति विश्वास र भरोसा बढ्दै गयो ।

त्यसपछि सन् २०१३-१५ सम्मका लागि एनआरएनएको  कार्यसमिति सदस्य चयन भएँ ।  सन् २०१५-१७ सम्म स्वीडेनको महासचिब भएँ । हाल अध्यक्षको जिम्मेवारी सम्हालेर प्रवासी नेपाली र नेपालका दुरदराजमा रहेका असाहय, अशक्त, द्वन्द्वपीडित समुदायको सेवामा क्रियाशिल हुन सौभाग्य मिलेको छ ।

संघसंस्था वा व्यक्तिगत रुपमा तपाईंले के चाहिं सहयोग पुर्‍याइरहनु भएको छ ?

मैले पहिलो पटक विदेश पुगेका नेपालीहरुलाई धेरै सहयोग गरेको छु ।  एयरपोर्टबाट बाहिरिएपछि झोला विसाउने ठाउँ नभेटाउँदा धेरै नेपालीहरुले सहारा बनेको छु । गाँस–बासको व्यवस्था मिलाउन सहयोगी भूमिका खेलेको छु । ब्यक्तिगत रुपमा मात्रै स्वीडेन पुगेका करिब तीन दर्जन नेपालीलाई साहारा दिइसकेको छु । कानुनी जटिलता देखि ‘झोला विसाउने साहारा बनिदिएको छु ।

विदेश पुगेकाहरुलाई काम खोज्ने भन्दा पनि पहिले कहाँ बस्ने भन्ने समस्या हुँदोरहेछ, त्यसैले सकेको सहयोग जुटाएको छु ।  कतिपय नेपालीहरु गैरकानुनी रुपमा पुगेकाले सहारा दिएर उद्धार गर्ने काम समेत गरेको छु ।

एनआरएनएको नेतृत्वमा पुगेर चाहिं के गर्नुभयो ?

धेरै काम भएका छन् । नेपालका दुरदराजका गाउँहरु र पीडामा परेका नेपालीहरुका निम्ती कामहरु भइरहेका छन् । पश्चिम रोल्पाको जिनाबाङ (ओनसरी घर्तीको गाउँ) को सिद्धार्थ माध्यमिक विद्यालयका निम्ती करिब ७ लाख रुपैंयाको आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट करिब ११ लाख रुपैंयाको विद्यालय भवन भर्खरै हस्तान्तरण गरेका छौं ।

पूर्वी रोल्पाकै सिउरी भन्ने गाउँमा निम्न माध्यमिक विद्यालयका लागि भवन र पक्की शौचालय निर्माण भइसकेको छ । एनआरएनएकै सहयोगमा पर्वतको मोदी–बेनीमा बृद्धाश्रमको झ्याल-ढोका निर्माणमा सहयोग पुर्याएका छौं ।

भर्खरै नेपाल आएका बेला एनआरएनए स्वीडेनका सल्लाहकार सदस्य दिप थापाको अगुवाईमा ब्लड क्यान्सर पीडित सिन्धुलीका पाँच बर्षीय निमा लामालाई कान्ति बाल अस्पतालमै पुगेर संकललित १ लाख ८५ हजार सातसय रुपैंयाँ हस्तान्तरण गर्यौं । यस्ता धेरै कामहरु भइरहेका छन् ।

भावी योजना के छन् ?

धेरै योजनाहरु बनिरहेका छन् ।  ई-लाइब्रेरीको योजना पनि चाँडै अघि बढ्दैछ । ‘चाइल्ड टु चाइल्ड’ कार्यक्रमलाई शसक्त ढंगले अघि बढाएका छौं ।

यो ‘चाइल्ड टु चाइल्ड’ कार्यक्रम कस्तो योजना हो ?

यो कार्यक्रम अलिक नौलो र पृथक छ । धेरैले मन पराउनुभएको कार्यक्रम हो यो । यो कार्यक्रम एनआरएनए स्वीडेनको सक्रियतामा रोल्पाका द्वन्द्वपीडित, टुहुरा, असाहय बालबालिका र स्वीडेनमा अध्ययन गरिरहेका विद्यार्थीहरुको भावनात्मक एकता गराउने उदेश्य सुरु भएको कार्यक्रम हो ।

यो कार्यक्रम स्वीडेनमा पढ्ने नेपाली बालबालिका र रोल्पाका बालकालिकालाई सहयोग गर्ने अभियानका रुपमा अघि बढाइएको हो ।  यो कार्यक्रममार्फत कसले कसलाई सहयोग गर्दैछ भन्ने दुवैतिरका विद्यार्थीहरुलाई थाहा हुन्छ र दिर्घकालिन रुपमा कार्यक्रम अघि हामीले विश्वास लिएका छौं ।

स्वीडिस र नेपाली विद्यार्थीको भावनात्मक एकता जागोस र सहयोग आदनप्रदान गर्ने हौसला मिलोस भन्ने प्रमुख उदेश्य कार्यक्रमको छ ।  यो कार्यक्रमका लागि हाल २० जना विद्यार्थीका निम्ती सहयोग गर्दै आइरहेकोमा हाल ३३ जना विद्यार्थी थपिएर ५३ पुगेको छ । भर्खरै मात्र सम्झौता भइ १ लाख ८७ हजार १४५ रुपैंयाँ पठाइसकेका छौं । यो कार्यक्रमले स्वीडेन र नेपालमा रहेका बालबालिकाबीच बालमैन्त्री सम्बन्ध स्थापित गराउने उदेश्य राखेको छ ।

स्वीडेनमा बस्ने नेपालीहरुले नेपालमा अन्य के सहयोग गर्न सक्लान ?

मन र इच्छाशक्ती भएपछि सहयोग गर्न समस्या हुँदैन् । हामी मातृभूमीबाट टाढा रहेपनि देशका लागि सोचिरहेका हुन्छौं । देशको समृद्धी र शान्ति हाम्रो चाहाना हो । नेपाल पुगेर फर्किएका स्वीडेनका नागरिकहरुले हाम्रो देशको खुबै प्रशंसा गर्छन् । हामीलाई गर्व लाग्छ । एनआरएनएको नेतृत्व सम्हालेपछि मैले धेरै योजनाहरु बनाएको छु । स्वीडेन, डेनमार्क, नर्वे, फिनल्याण्डका नेपालीहरु मिलेर सामूहिक लगानी भित्राउने प्रथम योजना छ ।

एनआरएनलाई राजनीतिक र जातिय आग्रह-पूर्वाग्रहबाट मुक्त राख्दै सबै नेपालीले गर्व गर्न लायक संस्था बनाउनु छ । ठूलो सपना बोकेर विदेश पुगेका नेपालीको पीडा एउटै हुने भएकाले संस्थामार्फत नै मातृभूमिको सेवाका लागि काम गर्न विश्वभरका नेपालीलाई अभिप्रेरित गर्ने लक्ष्य छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement