Advertisement

लाप्राक एकीकृत बस्ती निर्माण अधुरै छाडेर अलग्गियो एनआरएनए

7 घण्टा अगाडी

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण अधुरै छाडेर गैरआवासीय नेपाली संघ (एनआरएनए) अलग्गिएको छ ।

एकीकृत बस्तीका घर निर्माण सम्पन्न भइनसके पनि एनआरएनए बस्ती निर्माणबाट अलग भएको हो ।

खानेपानी वितरण, ढल निर्माण, आन्तरिक सडकको सम्पूर्ण जिम्मा एनआरएनए बस्ती निर्माणबाट अलग्गिएपछि गाउँपालिकाले बाँकी काम गर्ने भएको छ भने एनआरएनएले बजेट उपलब्ध गराउनेछ ।

एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टको कार्यकालको अन्तिम दिन २७ असोजमा एनआरएनएले बस्ती बनाउन नसकिने भन्दै अलग भएको घोषणा गरेको थियो ।

दुई वर्षमा बस्ती निर्माण गर्ने भन्दै २०७२ सालको अन्तिमबाट काम सुरु भएको थियो । भूकम्पले लाप्राकको बस्ती ध्वस्त बनाएपछि गुप्सीपाखामा सार्न एनआरएनएले करिब १८.३७ हेक्टर वनको क्षेत्रफलमा ५ सय ७३ घर बनाउन थालेको थियो ।

ती ठाउँमा घरको संरचना तयार भए पनि काठ छाप्ने, शौचालय बनाउने काम सम्पन्न भएको छैन ।

एनआरएनए आर्थिक अभाव भएको भन्दै निर्माण सम्पन्न नै नगरी बस्तीको बाँकी काम थाती राखेर अलग्गिनेमा पुगेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केही समयअघि लाप्राकमा एनआरएनएद्वारा पुनर्निर्मित बस्तीबारे संघका तत्कालीन अध्यक्ष भवन भट्ट, गाउँपालिका अध्यक्ष, वडाअध्यक्षलगायतसँग कुरा गरेको र उनीहरूले पुनर्निर्माण सम्पन्न भएका घरमा भूकम्पपीडित परिवारहरूलाई क्रमशः राख्ने प्रक्रिया सुरु गर्न सकिने बताएको जनाएका थिए । सोही दिन एनआरएनए बस्ती निर्माणबाट हटेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, एनआरएनए र धार्चे गाउँपालिकाबीच एक सम्झौतासमेत भएको थियो । सम्झौताअनुसार बस्ती निर्माणको बाँकी काम गाउँपालिकाले गर्नेछ भने लागत खर्च एनआरएनले बेहार्नेछ । -राजधानी दैनिकबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement