Advertisement

राष्ट्र हाँक्ने जिम्मेवारी आए पछि हट्ने छैन: सिताराम कट्टेल'धुर्मुस'


‘मेरी बास्सै’ टेलिश्रृखंलाबाट स्थापित भएका चर्चित हाँस्यकलाकार दम्पती सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यतिबेला सामाजिक काममा सक्रिय छन् । विनाशकारी महाभूकम्पपछि यो जोडी कलाकारितासँगसँगै ‘नमूना एकीकृत बस्ती’ निर्माणबाट यतिबेला झनै चर्चामा छन् । काभ्रेको लोपोन्मुख पहरी एकीकृत बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत बस्ती निर्माण गरेर उनीहरुले देश तथा बिदेशबाट स्याबासी पाइरहेका छन् ।

हालै मात्र उनीहरुले महोत्तरी जिल्लाको मुसहर बस्ती निर्माण गर्ने घोषणा गरिसकेका छन् भने सिंगो देशलाई बालमैत्री बनाउने अभियानका साथ बिभिन्न जिल्लाहरुमा आफूहरुले निर्माण गरेको चलचित्र ‘ज्योती’ प्रदर्शन पनि गरिरहेका छन् । यसै बिषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी गोविन्द मरासिनीले कलाकार धुर्मुससँग संक्षिप्त कुराकानी गरेका छन्:

कलाकारिता छाडेर किन समाजसेवा तिर लाग्नुभएको  ?

कलाकारिता पूरै छाडेको होइन,राष्ट्र निर्माणका लागि नयाँ अभियानहरुको सुरुवात गरेको हो । समाजसेवातिर लाग्नुमा केही स्वार्थ छ भने त्यो राष्ट्र निर्माणका लागि मात्र हो अरु कुनै स्वार्थ छैन ।

राजनीतिमा सक्रिय हुने योजनामा हुनुहुन्छ रे, हो ?

त्यस्तो कुनै मनसायले कलाकारिता गरेको थिइन र त्यही मनसायले कलाकारिताबाट अगाडी बढेर समाजसेवातिर लागेको पनि हैन । अहिले जति पनि कामहरु गरिएका छन्, भोलिका दिनमा राजनीतिमा आउनका लागि भनेर गरिएका पनि होइनन् । देश काल परिस्थिति अनुसार देश दुखेका बेलामा सहयोगी बन्नुपर्छ भनेर नै अगाडी बढिएको हो ।

यद्यपी देशलाई कुशल नेतृत्वको खाँचो भने छ, देश बनाउने अभियन्ताको खाँचो छ । भोलिका दिनहरुमा नेपाली दाजुभाइ दिदीबहिनीले देश बनाउने अभियान र नेतृत्व लिनेमा योग्य, कुशल ब्यक्तिको छनोट गर्ने क्रममा हामीलाई त्यसको ‘अफर’ आयो भने गर्न नसक्ने चाहीं होइन । तर, तत्कालै कुनै राजनीतिक पार्टीमा आबद्ध भएर चुनाव लड्ने र राजनीतिमै आउने सोचाइमा यी काम गरिएका भने होइनन् ।

एकीकृत बस्ती निर्माण गरिसक्नुभयो । अब के गर्ने सोचमा हुनुहुन्छ ?

अहिले हामी सिंगो देश बालमैत्री हुनुपर्छ र देश बालमैत्री भईसकेपछि मात्र अहिलेको जस्तो अराजकता हुँदैन, स्थीर राजनीति हुन्छ र देश बन्छ र बनाउनुपर्छ भन्ने सोचका साथ अघि बढिरहेका छौं । अब पनि हामीले देश बनाउने तर्फ उन्मुख भएर सोचेनौं भने अब आउने नयाँ पुस्ताहरुलाई पनि निकै गाह्रो हुन्छ । आज बन्ला, भोली बन्ला भन्दाभन्दै देश नबनेको अवस्थामा बिशेषतः हामी युवाहरु र बालबालिकाबाटै देशको भविष्य खोजिनुपर्छ भनेर सिंगो देशलाई बालमैत्री बनाउने अभियान अन्तर्गतको हामीले निर्माण गरेको ‘ज्योती’ नामक बालचलचित्र प्रदर्शनीको क्रममा बिभिन्न जिल्लामा दौडिरहेका छौं ।

अब तत्कालको योजना के छ ?

हाम्रो मात्र नभई समग्र नेपाली दाजुभाइ दिदीबहिनीको एउटा सपना साकार गर्न देशलाई बालमैत्री कुनै पनि हालतमा बनाउनुपर्छ र त्यसका मुख्य अभियन्ता भएर हामी लागे पनि हाम्रो अभियानमा सबै एकजुट भएर लाग्नुपर्छ भन्ने हाम्रो मुख्य योजना हो । यस बाहेक हामीले हालसालै तेस्रो एकीकृत बस्ती निर्माण पनि घोषणा गरेका छौं । जसअनुरुप हामीले महोत्तरी जिल्लाको मुसहर बस्ती बनाउने छौं ।

बस्ती निर्माण गरेबापत नाम त खुबै कमाउनु भयो, दाम चाहीं कत्तिको कमाइदोरहेछ ?

यो बस्ती निर्माण कुनै दाम कमाउनलाई गरिएको थिएन । कलाकारिताबाट नामसँगै केही दाम कमाएका थियौं । जुन दर्शकले दिएको उपहार दाम थियो, त्यसले हामीले एउटा घर बनाएका थियौं त्यो घरपनि भूकम्पपीडितका लागि सहयोग गर्नकै लागि बेच्यौ । यहाँहरुलाई थाहा नै छ, हामी अहिले सानो जग्गामा घर बनाएर बसेका छौं । हामीलाई ठूलो दाम कमाऔं, ऐस–आराम गरौं, पीडितका लागि राजनीति गरौं अथवा पीडितका नाममा उठेको पैसा दुरुपयोग गरौं, महल ठड्याऔं भन्ने अपराधी दिमाखले कहिल्यै पनि अगाडी बढेका होइनौं । र, बस्ती बनाईसकेपछि सबभन्दा ठूलो आशिर्वाद पायौं ।

गिरान्चौर बनाउँदाको आम्दानी र खर्च विवरण कहिले सार्वजनिक हुन्छ ?

एक त हस्तारन्तरण कै दिन पनि सार्वजनिक भएको हो । ५ करोड पुरा भैसकेपछि हामी पैसा लिन्नौं भनेका थियौं । तर हामीलाई धेरै विश्वास गरेर सहयोगी हातहरुका कारण हाम्रो एकाउण्टमा ६ करोड १७ लाख जम्मा भयो र ५ करोड १३ लाख त्यो बस्ती निर्माणमा खर्च भयो । त्यसको अडिट रिपोर्ट पनि तयार भइरहेको छ छिट्टै अडिट रिपोर्ट पनि सार्वजनिक गर्छौं ।

अहिले तपाईको फाउण्डेशनमा कति पैसा छ ?

लगभग १ करोड पैसा फाउण्डेशनमा बाँकी छ । त्यो एक करोडले भोलिका दिनमा हामीले के गर्ने भन्ने बिषयमा छलफल गरिरहेका छौं । त्यो रकमबाट पनि अर्थपूर्ण काम गर्ने सोच छ ।

समाजसेवी सहित अब दर्शकले कहिले देख्न पाउलान त टेलिसिरियलमा ?

चाँडै देख्नुहुन्छ । हाम्रो धुमुर्स–सुन्तली डट कम युटुब च्यानलबाट पनि हामीले समसामयिक बिषयहरु समेटेर अगाडी जाने बिचारमा छौं । मेरी बास्सै चाँडै खुल्ला त्यसमा पनि हामी आइएला आशा गरौं । समग्रमा एउटा चलचित्र बनाएर अगाडी बढ्ने कि भन्ने सोच पनि बनाउँदै छौं । हाम्रो मुख्य पेशा नै यही भएकाले कलाकारिता पेशाबाट टाढा हुन सक्दैनौं । हाम्रो यात्रा कलाकारितासँगै समाजसेवा निरन्तर हुन्छ र अन्तिम गोल भनेको राष्ट्र निर्माण गर्ने नै हो ।

तपाईकै सहकर्मी (दिपक/दिपा)ले चलचित्रबाट करोडौं कमाए । तपाईंलाई पछुतो लागेको छैन ?

हामीलाई त्यस्तो केही पनि पछुतो छैन । हामी जे गरिरहेका छौं त्यो देशको हितका निम्ती गरिरहेका छौं । हामी तत्कालै ब्यबसायिक हिसाबमा यसरी बढ्नुपथ्र्यो, यति कमाउनुपथ्र्यो भनेर हामी कहिल्यै पैसामुखी भएर अगाडी बढेका पनि हैनौं । झन हाम्रो आदरणीय दाइहरुले निर्माण गरेको र हामी पनि सहभागी भएको फिल्मले करोडौं कमाइरहँदा खुसी लागेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement