Advertisement

योगी आदित्यनाथ जनकपुर भ्रमणले नरेन्द्र मोदीलाई के फाइदा ?

27 दिन अगाडी

काठमाडौं(बीबीसी) । जनकपुरमा आयोजित रामजानकी विवाह महोत्सवमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक कूटनीतिका रूपमा पनि अर्थ्याइएको छ ।

विवाह पञ्चमीका अवसरमा रामको जन्तीको टोलीलाई नेतृत्व गर्न योगी आदित्यनाथ बुधवार विहान जनकपुर आइपुगेका हुन् ।

रामको जन्मभूमि मानिने अयोध्याबाट हरेक वर्ष सीताको माइतीघर जनकपुरधाममा साधुसन्तहरूको टोलीसहित जन्ती आउने प्रचलन रहेको छ।

दुलही पक्षको भूमिकामा रहने जनकपुरवासीले जन्तीको ठूलो स्वागत सत्कार गर्ने परम्परामा यसपटक उत्तर प्रदेशका मुख्यमन्त्रीको सहभागिताका कारण विशेष चहलपहल र रौनक थपिएको त छ नै चर्चा पनि ठूलै भएको छ।

भारतको गोरखनाथ मठका प्रमुख तथा उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई नै भगवान रामको जन्तीको नेतृत्वकर्ता बनाएर जनकपुर पठाउनुका पछाडि भारतको हिन्दूत्ववादी पार्टी बीजेपीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष स्वार्थ रहेको भनि विभिन्न टिप्पणीहरू भइरहेका छन्।

नेपाल भारत सम्बन्धका जानकार तथा भारतीय सेनाका भूतपूर्व अधिकारी अशोक मेहता भन्छन् योगी आदित्यनाथमार्फत् प्रधानमन्त्री मोदी धार्मिक कूटनीति बढाउने प्रयासमा छन् ।

बीबीसीसँग कुरा गर्दै राजनीतिक टिप्पणीकार पनि रहेका जनरल अशोक मेहताले ूकाम नपाएर पटक(पटक नेपाल आउने गरेकोू भन्ने आलोचनालाई पन्छाउन पनि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना प्रतिनिधिका रूपमा योगी आदित्यनाथलाई जनकपुर पठाएको टिप्पणी गरे।

मेहताले भने, ‘धार्मिक कूटनीतिलाई बढावा दिने प्रयासमा मोदीजीले योगी आदित्यनाथलाई नेपाल पठाएका हुन्। तर धार्मिक कूटनीतिभन्दा यसको राजनीतिक सन्देश बेसी छ ।’

यद्यपि त्यो राजनीतिक सन्देशबारे मेहताले विस्तृत केही खुलाएनन्।
तर सन् २०१९ मा भारतमा हुने आमनिर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीलाई योगी आदित्यनाथको भ्रमणले राजनीतिक फाइदा पुर्‍याउन सक्ने मेहताको ठम्याइ छ ।

उत्तरप्रदेशको राजधानी लखनउबाट नौजना मात्र अट्ने सानो विमानमा जनकपुर पुगेका योगी आदित्यनाथलाई जन्तीका रूपमा स्वागत गरिएको थियो।

हिन्दूत्ववादी नेता योगी आदित्यनाथको सुरक्षालाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो।

योगी आदित्यनाथ आउनुभन्दा केहीबेर अगावै जानकी मन्दिरको भित्री र बाहिरी भागबाट सर्वसाधारणलाई हटाइएको थियो। मन्दिरमा करिब पाँच घण्टासम्म सर्वसधारणको पूजाआजामा रोक लगाइएको थियो ।

हिन्दू धर्मशास्त्र अनुसार त्रेतायुगमा राम र सीताको जनकपुरधाममा विवाह भएको थियो। सीता स्वयंवरमा राम र उनका भाइहरूसँगै आएको धार्मिक विश्वास छ।

रामले जनकराजाको दर्वारमा रहेको शिव धनुष तोडेपछि सीतासँग विवाह तय भएको थियो र रामका पिता दशरथले अयोध्याबाट जन्ती लिएर आएपछि विवाह भएको थियो ।

२०६२ सालदेखि अयोध्याबाट जन्ती आउन थालेको हो। तर पहिलो पटक जन्तीको नेतृत्व रामजन्मभूमि मानिने अयोध्या रहेको प्रदेशका मुख्यमन्त्रीले गरेका हुन्।

यसअघि साधुसन्तहरू नै जन्ती भएर आउने गर्थे। विगतका तुलनामा विवाह महोत्सवमा यो वर्ष बढी रौनक देखिएको छ भने खर्च पनि बढी नै गरिएको देखिन्छ।

जानकी मन्दिरलाई बेहुलीझैँ सिँगारिएको छ। जन्तीको सम्मानमा प्रदेश सरकारले भण्डाराको आयोजना गरेको छ।

जन्ती भएर आएका साधुसन्तलाई प्रदेश सरकारले बिदाइ समेत गरेको छ। बिदाइमा जन्तीलाई सीताराम अङ्कित वस्त्र प्रदान गरेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement