Advertisement

भक्तपुरमा २८ बर्षपछि कांग्रेसको झन्डा: भँडेल विजयी हुँदा नेकपालाई झड्का

12 मिनेट अगाडी

भक्तपुर । भक्तपुरमा उपनिर्वाचन गरिएको क्षेत्रमा नेपाली कांग्रेसले २८ वर्षपछि चार तारा झण्डा फहराउन सफल भएको छ ।

प्रदेशसभा सदस्यमार्फत उक्त क्षेत्रमा फर्कन कांग्रेस सफल भएको हो ।

२०४८ सालयता कांग्रेसले गुमाएको क्षेत्र यस पटक कृष्णलाल भँडेलले फिर्ता ल्याए ।

कांग्रेसले उक्त क्षेत्रमा आफ्नो विजयको झण्डा मात्र गाढेको छैन, दुई वर्षमा आफ्नो मत पनि बढाएको छ ।

पार्टी र सरकारको लोकप्रियता मापन मानिएको यस उपनिर्वाचनमा कांग्रेसले भक्तपुरमा आफ्नो लोकप्रियता बढेको सिद्ध गर्दा सत्तारुढ नेकपाले भने क्षेत्र गुमाउनु परेको छ ।

भक्तपुर १ (क) को मत परिणाम अनुसार नेपाली कांग्रेसका कृष्णलाल भँडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् ।

जबकी २०७४ को प्रदेशसभा निर्वाचनमा भने कांग्रेसले ९ हजार ९७७ मत मात्र पाएको थियो ।

पराजित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का डीपी ढकालले ११ हजार २०६ मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार हरिशरण लामिछाने भने १२ हजार ७८९ मत ल्याउँदै निर्वाचित भएका थिए ।

लामिछानेको निधनपछि त्यहाँ उपनिर्वाचन गरिएको थियो । २०७४ सालमा नेकपा ९माओवादी केन्द्र०ले ७८४ मत ल्याएको थियो ।

तेस्रो स्थानमा रहेको नेपाल मजुदर किसान पार्टी (नेमकिपा)को पनि २०७४ सालको भोट जोगाउन सकेन ।

दुई वर्षअघिको चुनावमा सात हजार १९ मत ल्याएको नेमकिपाले यसपटक जम्मा ५ हजार ८६४ मत मै चित्त बुझाउनु परेको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८९ मत बढाए पनि साझा पार्टी लगायतका अरु सबै साना दलले आफ्नो मत गुमाएका छन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement