Advertisement

नेतृत्व परिवर्तन गरेर मात्र हुदैन्, नीतिगत सुधार जरुरी छ : प्रदिप पौडेल


काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले देशैभर लज्जास्पद पराजय भोगेपछि पार्टीभित्र विभिन्न किसिमका आलोेचनाहरु भैरहेकका छन् ।

निर्वाचनको गम्भीर समिक्षा हुनुपर्ने, विशेष महाधिवेशन डाकेर नेतृत्व परिवर्तन गर्नुपर्ने साथै संगठनलाईसुदृढीकरण र सुद्धिकरणसमेत गर्नुपर्ने आवाजहरु समेत उठ्न थालेका छन् ।

यसै क्रममा ऐतिहासिक पृष्ठभूमि भएको पार्टी हाल आएर कमजोर अवस्थामा पुगेको भन्दै युवा नेताहरुले कांग्रेसको पुर्नसंरचना गर्नुपर्ने माग समेत गर्न थालेका छन् । यसै शिलशिलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलसँग  गरिएको कुराकानीको सम्पादित अंश :

कांग्रेसले नराम्रोसँग हार्यो नी किन ? 
प्रमुख कारण त प्रतिस्पर्धी पार्टी गठबन्धन गरेर आएकाले नै हो । एमाले हाम्रो मुख्य प्रतिस्पर्धी थियो तर माओवादी केन्द्रसँग गठबन्धन गरेपछि केही जटिलता थपिएको हो । कांग्रेसका २४ जना उम्मेदवार तीनहजार भन्दा कम मतले र ३९ जना उम्मेदवार पाँचहजार मतले पराजित हुनुभएको छ । यसमा बाम गठबन्धन प्रमुख कारक हुनपुग्यो । एमाले एक्लै प्रतिस्पर्धामा भएको भए यी सबै ठाउँमा हामी विजयी हुने थियौं ।  तर यतिमात्रले हामी पराजित भएका होइनौं । राष्ट्रियताका मामिलामा हामीलाई एकदमै प्रतिरक्षात्मक बनाइयो ।

हाम्रो नेतृत्वले जनताका माझमा राष्ट्रवादी कांग्रेसलाई राष्ट्रवादी बनाउनै सकेन । विपक्षीको आरोपबाट प्रतिरक्षात्मक बन्नुपर्ने अवस्था आयो । हाम्रो घोषणा पत्रमा धेरै राम्रा कुराहरु लेखेका छौं तर ति राम्रा एजेन्डाहरु जनताका माझ लानैं सकेनौं । मुलकमा आइपर्ने हरेक संकटमोचन गर्न देखि सबैखाले क्रान्तिहरुको अगुवाइ गरेको पार्टी कसरी यति कमजोर बन्यो । इतिहासमा हामीले गरेको योगदानका बारेमा जनतालाई प्रष्ट पार्न सकेनौं ।  समृद्धी र विकासका योजनाहरु पनि राम्रोसँग पस्किन सकेनौं । 

हाम्रो नेतृत्वपंक्ती पार्टीको नेता बन्न सकेन, गुटको मात्र नेता बन्यो । गुटको नेता भएर आफ्ना मान्छेका बारेमा मात्र चिन्तित बन्यो तर पार्टीप्रति चिन्तित देखिएन । निर्बाचनमा प्रतिस्पर्धीलाई पछाडी पार्नेगरी प्रभावकारी रणनीति र योजनाहरु ल्याउनै सकेनौं । यी सबै कुराहरु नेतृत्वसँग जोडिएको छ । त्यसैले यी सबै कमजोरीलाई चिर्दै अघि बढनुपर्ने देखिएको छ । 

पार्टीलाई नीतिगत रुपमा प्रभावकारिता, संगठन विस्तारमा प्रभावकारिता, कार्य सम्पादन र योजनाहरु निर्माण गर्न अहिलेको नेतृत्व कसरी सक्षम हुनसक्छ ? उहाँहरुले कसरी कार्यकर्ताहरुलाई चित्त बुझाउन सक्नुहुन्छ ? हामी त त्यस्तो सम्भावना देख्दैनौं । यी सबै काम गर्न नेतृत्व यथावत राखेर कसरी सम्भव हुन्छ ? यसबारे हामी छलफल गरिरहेका छौं । विशेष महाधिवेशन, महासमितिको बैठक बस्नुपर्ने अवस्था आइसकेको छ । 

पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन जरुरी नै भएको होे त  ? 
यस विषयमा मलाई के लाग्छ भन्ने कुरा प्रमुख होइन । म जस्ता पार्टीका कार्यकर्ताहरुलाई के लाग्छ, त्यसका बारेमा छलफल जरुरी छ । हाम्रो भनाई भनेको यथास्थीतिमा अब पार्टी चल्दैन । परम्परागत शैलीबाट अब चल्दैन ।

नयाँ पुस्तालाई सम्बोधन र आकर्षण गर्ने गरी योजना र कार्यक्रमहरु आवश्यक देखिएको छ । यस्ता कार्यक्रम ल्याउन सकिएन भने कांग्रेसप्रति आकर्षण ल्याउन सकिदैंन । बलियो पार्टीको नेतृत्व गर्न त हाम्रा अग्रजहरु पनि तयार हुनुहोला । तर उहाँहरुले नेतृत्व गरिरहेको कांग्रेस कमजोर भयो । त्यसैले अब पार्टीलाई थप बलियो बनाउन नयाँ शीराबाट जान जरुरी छ । 

संभावना बोकेका नयाँ पुस्ताका नेताहरु पनि पराजित भए, यसमा पनि नेतृत्वलाई मात्र दोष दिन मिल्लाा  र ? 
हामी पराजित भयौं । हाम्रो पनि जिम्मेवारी छ । तर यो समग्र प्रक्रिया(टिकट वितरण)मा म सामेल थिईंन । धेरै प्रक्रियाहरु उलंघन गरियो । हामी पराजित हुनुमा पार्टीले प्रभावकारी रणनीति बनाउन सकेन, प्रचार गर्न सकेन ।

विपक्षीले लगाएका आरोपहरु चिर्न सकेन । त्यतिमात्र नभई मेरो पनि कमजोरी होलान । यसका लागि छलफल गरी निस्कर्ष निकाल्नु जरुरी छ । नेपालमा कानुनी शासन हुनुपर्छ, विधीको शासन हुनुपर्छ भनेर लडेको पार्टी हो कांग्रेस । तर कांग्रेस भित्र नै विधी भन्दा ब्यक्ति हाबी भएको देखियो । त्यसैले यो परम्परागत शैली, मान्यता र सोच परिवर्तन जरुरी छ । 

टिकट वितरणमा गरिएको भागबन्डाले पनि पार्टी कमजोर भयो रे नी हो ?
हाम्रो पार्टीको अधिवेशनहरुमा प्रतिस्पर्धाका क्रममा गुट बन्छ । अधिवेशनको प्रक्रिया पार गरेर आइसकेको नेतृत्वले पनि अझ बलियो कसरी बनाउन सकिन्छ भन्नेमा मात्र चिन्तित भएको देखियो ।

पार्टीबाट प्राप्त अवसर कसरी आफ्ना व्यक्तिलाई दिन सकिन्छ भन्नेमा मात्र नेतृत्व चिन्तित देखियो । यो शैलीको गुटबन्दीबाट पार्टी चल्दैन । यहाँ विचार, योजना र कार्यक्रमबारे मत बाझिएको छैन । अवसर कसलाई दिने र कसलाई नेता बनाउने भनेर मत बाझिएको छ र टिकट दिइएको छ । जित्नेलाई टिकट नै दिइएन् । टिकट वितरणमा बैधानिक व्यवस्थालाई पालना नै गरिएन । 

तपाईंहरु जस्तो युवा पुस्ताले नेतृत्व पायो भने संगठन बलियो हुन्छ भन्ने आधार चाहिं के छ  ?
अघिल्लो पुस्ता हाम्रो अभिभावक बनिदिनुहोस । हामीलाई शुभेच्छा, आर्शिवाद दिनुहोस भन्ने हो । कसैलाई अपमान गर्न चाहेको होइन, कसैलाई पार्टी बाहिर लान खोजेको होइन । तर नयाँ शिराबाट अघि बढ्न अभिभावकत्वको खाँचो छ । 
 

कांग्रेसले पनि बीपीले देखाएको बाटो विर्सियो भन्ने आरोप छ नी ?
म र मजस्ता केही कांगेसहरुले पार्टीलाई ‘सेन्टर लेफ्ट’ बनाउन खोजेको हो । प्रगतिशील विचारलाई अंगिकार गर्न खोजेको हो । गरिबमुखी, निमुखामुखी र समाजवादी पार्टी बनाउन खोजेको हो । सबै नागरिक समान हुनुपर्छ र सबैले अवसर पाउनुपर्छ भन्ने हाम्रो अवधारणा हो । तर हाम्रै कांग्रेस भित्र पनि पूर्ण पूँजीवादको बाटोमा लानुपर्छ भन्नेहरु पनि हुनुहुन्छ ।

हामी भित्र पनि यस्ता द्वन्द्व छँदैछन । हामीभित्र यसबारेमा बैचारिक बहस नै कहिले हुन सकिरहेको छैन् । बीपी कोइरालाका पालामा जति प्रतिबद्ध कांग्रेस थियो अहिले छैन, यो हामीले स्वीकार्नुपर्छ  ।

कांग्रेसभित्रको गुटबन्दी बैचारिक धरातलमा उभिएर नभइ ब्यक्तिवादी सिद्धान्तमा आधारित छ । तर हामी कांग्रेसलाई बीपीका विचारहरुलाई अंगिकार गर्दै समयसापेक्ष परिवर्तन गर्ने अभियानमा छौं । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement