Advertisement

नेकपाभित्र तनावै तनाव, भद्रगोल नै भद्रगोल !

1 महिना अगाडी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एकपछि अर्को समस्या थपिदै गएका छन् । मन्त्री बर्खास्त देखि सांगठनिक एकतामा तनाव सिर्जना भइरहेको छ ।

देश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापित र पदीय मर्यादाविपरीत काम गरेको आरोपमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट हटाइएका दीर्घबहादुर सोडारी नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरिए पछि अर्को तरंग पैदा भएको छ । 

नेतृत्वले पार्टीका गतिविधि सन्चालनमा खासै चासो नदिएकोजस्तै देखिएको छ भने सिंगो पार्टी र संगठन भद्रगोल छ ।

यसको असर सरकार सन्चालनमा पनि परेको छ । तर, यो अवस्था तत्काल अन्त्य हुने सम्भावना पनि देखिँदैन ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते भएको पार्टी एकता घोषणासभामा शीर्ष नेताहरुले तीन महिनाभित्र सम्पूर्ण एकता प्रक्रिया टुंगो लगाइसक्ने उद्घोष गरेका थिए ।

तर, एकता भएको ६ महिना बित्न लाग्दासमेत तल्लो तहमा एकता हुन सकेको छैन । सांगठनिक अवस्था भद्रगोल छ ।

पार्टीको नीति निर्माण गर्ने महत्वूर्ण निकाय स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित छ । अहिलेसम्म स्थायी समिति बैठकमात्र पाँचपटक स्थगित गरिएको छ ।

विधानअनुसार तीन महिनाभित्र बस्नुपर्ने स्थायी समिति बैठक असार २१ गतेयता बस्न सकेको छैन ।

प्रदेश सदस्य चयन र केन्द्रीय सदस्यको कार्यविभाजनको प्रस्ताव तयार पार्न कात्तिक ८ गते गठन गरिएको कार्यदलले पनि अझै सहमतिको खाका बनाउन सकेको छैन ।

नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले गुट र उपगुटले एकताका थप कामहरु जटिल बनेको बताए ।

पार्टीको केन्द्रीय सचिवालयमै तल्लो तहसम्मको एकताका लागि नेताहरुबीच विवाद छ ।

पार्टी भद्रगोल हुँदा सरकारका काममासमेत असर पर्न गएपनि तत्काल सल्टने अवस्था नरहेको टिप्पणी स्थायी समिति सदस्य गजुरेलको छ ।

सम्पूर्ण तहको एकता गरेर पार्टीलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बेला शीर्ष नेताहरु चियापान र भाषणमै सीमित छन् ।

पार्टीको केन्द्रीय सांगठनिक संरचनामध्ये पोलिट्ब्यूरो गठन हुन सकेको छैन भने ४४१ सदस्यीय केन्द्रीय समिति पनि भूमिकाविहीन छ ।

प्रदेश पदाधिकारी चयन पनि अझै विवादित छ । जिल्ला, गाउँ तह र जनवर्गीय संगठन अझैपनि पार्टी एकतापूर्वकै अवस्थामा छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement