Advertisement

डिपीएल क्रिकेटमा यी हुन् मंहगो मूल्यमा विक्री हुने चर्चित खेलाडी

4 दिन अगाडी

काठमाडौं । यही माघ २६ गते देखि फाल्गुन ११ सम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग डिपिएलको अक्सन शनिवार सम्पन्न भएको छ।

राजधानीको अन्नपूर्ण होटेलमा सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टिमले ११ जना खेलाडीहरु टिममा लिएका छन् ।

डिपिएलमा ६ वटा टोलिहरु छन् धनगढी स्टार्स, महेन्द्रनगर युनाईटेड, बिराटनगर किंग्स, रुपन्देही च्यालेञ्जर्स, काठमाडौँ गोल्डेन्स र सीवाईसी अत्तरिया रहेका छन्।

डिपिएल अक्सनमा महँगोमा विक्री भएका १० खेलाडीहरुको सुची प्रस्तुत गरेका छौ जसले अक्सनमा २ लाख रुपैयाँ भन्दा बढी मूल्य पाएका छन्।

 बिनोद भण्डारी (रुपन्देही च्यालेञ्जर्स , २ लाख ५० हजार) 

पछिल्लो सिजन महेन्द्रनगर युनाईटेडको कप्तानी गरेका बिनोद भण्डारी यो पटक फरक टिमबाट खेल्ने छन् ।

भण्डारीलाई धनगढी स्टार्स बाहेक सबै टिमले अधिकतम मूल्य २ लाख ५० हजारको लागि बोलि लगाए पनि गोलाप्रथा मार्फत उनि  रुपन्देही च्यालेञ्जर्समा छानिएका थिए।

ललित भण्डारी (रुपन्देही च्यालेञ्जर्स , २ लाख ५० हजार )  

राष्ट्रिय क्रिकेट टिमका नियमित देब्रे हाते तिब्र गति बलरलाई सीवाईसी अत्तरिया र रुपन्देही च्यालेञ्जर्सले अधिकतम मूल्यमा बोलि लगाएको थियो ।

गोला प्रथा मार्फत उनि पनि रुपन्देहीमा छानिएका थिए। डिपिएलको पछिल्लो सिजन ललित लिग विजेता टिम धनगढी टिम चौराहाको लागि खेलेका थिए।

आरिफ शेख (महेन्द्रनगर युनाईटेड, २ लाख ५० हजार) 

राष्ट्र्यी टिमका नियमित मध्येक्रम ब्याट्सम्यान आरिफ शेखलाई रुपन्देही र अत्तरिया बाहेक अन्य ४ टिमले अधिकतम मूल्यको लागि बोलि लगाएको थियो। गोला प्रथा मार्फत उनि महेन्द्रनगर युनाईटेड टिममा छानिए।

ललित राजबंशी (काठमाडौँ गोल्डेन्स , २ लाख ५० हजार) 

राष्ट्रिय टिमका नियमित देब्रे हाते स्पिनर ललित राजबंशीलाई अधिकतम मूल्यमा काठमाडौँ गोल्डेन्सले मात्रै बोलि लगाएको थियो। ललितले अन्तिम पटक पनि काठमाडौँ गोल्डेन्सको लागि खेलेका थिए।

पवन सर्राफ (धनगढी स्टार्स , २ लाख ५० हजार) 

यु(१९ राष्ट्रिय क्रिकेटर पवन सर्राफलाई ३ वटा टिमले बोलि लगाएको थियो। गत सिजन बिराटनगर किंग्सको प्रतिनिधित्व गरेका सर्राफ अफ(स्पिन बलिङ्ग तथा ब्याटिंग समेत बलिङ्ग गर्ने गर्छन्।

भिम शार्की (रुपन्देही च्यालेञ्जर्स , २ लाख ५० हजार) 

यु(१९ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेर पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै चर्चा कमाएका भिम शार्कीलाई रुपन्देही च्यालेञ्जर्सले २ लाख ५० हजार रुपैयाँ खर्चियो ।

खेलाडी किन्न अधिकतम १२ लाख रुपैयाँ राखिए पनि २५ प्रतिशत जरिवाना रकम तिर्दै सार्कीलाई रुपन्देहीले टिममा लियो। धेरै टिमले बोलि लगाए पनि गोला प्रथामा उनलाई रुपन्देहीले टिममा भित्र्याएको हो।

प्रदिप ऐरि (रुपन्देही च्यालेञ्जर्स  , २ लाख ४० हजार)

ओपनिङ्ग ब्याट्सम्यान तथा विकेटकिपर प्रदिप ऐरिलाई रुपन्देही च्यलेञ्जर्सले २ लाख ४० हजार रुपैयाँ बोलि लगायो । ऐरिले अन्तिम पटक डिपिएलमा पनि रुपन्देहीको प्रतिनिधित्व गरेका थिए।

सन्दिप जोरा (सीवाईसी अत्तरिया , २ लाख ३० हजार)  

यु(१९ राष्ट्रिय क्रिकेटर सन्दिप जोरालाई सीवाईसी अन्य टिम पनि बोलि लगाए पनि अन्ततः सीवाईसी अत्तरियाले २ लाख ३० हजारमा खरिद गर्यो। आक्रामक ब्याटिंग गर्ने जोरा गत सिजन पनि सीवाईसी अत्तरियाबाट खेलेका थिए।

रोहित पौडेल (महेन्द्रनगर युनाईटेड , २ लाख ३० हजार) 

राष्ट्रिय टिमका युवा ब्याट्सम्यान रोहित पौडेललाई धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेडले बोलि लगाएका थिए। पौडेल पछिल्लो सिजन पनि महेन्द्रनगरको लागि खेलेका थिए।

भुवन कार्की (सीवाईसी अत्तरिया , २ लाख १० हजार) 

देब्रे हाते स्पिनर तथा अल(राउण्डर भुवन कार्कीलाई सीवाईसी अत्तरियाले २ लाख १० हजार रुपैयाँमा खरिद गर्यो। गत सिजन भुवन महेन्द्रनगर युनाईटेडको लागि खेलेका थिए।

कुन टिमले कसलाई कतिमा खरिद गर्योः

काठमाडौँ गोल्डेन्स (ज्ञानेन्द्र मल्ल)  

किनेको खेलाडीः ललित राजबंशी – २ लाख ५० हजार, अनिल साह – १ लाख ७० हजार , बिक्रम भुसाल – १ लाख ६० हजार  , अबिनभ यादब – ३० हजार , राशिद खान – १ लाख ७० हजार , योगेन्द्र यादब – ७० हजार, नन्दन यादब – ५० हजार , सोनु तामांग – ६५ हजार , सुर्य तामांग – ५० हजार, मेहबुब आलम – ५० हजार , सुधिर चौधरी – ३० हजार , बिक्रम ठगुन्ना – ३० हजार

महेन्द्रनगर युनाईटेड (शरद भेसावकर) 

रोहित पौडेल – २ लाख ३० हजार , अविनाश बोहारा – १ लाख ७० हजार, आरिफ शेख – २ लाख ५० हजार८, अमर सिंह रौटेला – १ लाख २० हजार, सागर ढकाल – १ लाख  , सिद्धान्त लोहनी – ७० हजार, दिलिप नाथ – ७५ हजार, शाहब आलम – ६० हजार, कुशल मल्ल – ५० हजार, सन्दिप रजाली – ४० हजार , दिपेन्द्र चन्द – ३० हजार , सन्तोष भट्ट – ३० हजार , सुशील खड्का – ३० हजार

रुपन्देही च्यालेञ्जर्स (बसन्त रेग्मी) 

भिम शार्की – २ लक्ख ५० हजार,  ललित भण्डारी – २ लाख ५० हजार,  प्रदिप ऐरि – २ लाख ४० हजार, पुरन बिक – ५० हजार, सन्दिप सुनार – १ लाख १० हजार, बिक्रम सोब – ६० हजार, सुमित महर्जन – ७५ हजार, बिनोद भण्डारी – २ लाख ५० हजार८ , सुरज दराई – ३० हजार  , अनिल खरेल – ३० हजार , शेर मल्ल – ३० हजार

सीवाईसी अत्तरिया (दिपेन्द्र ऐरि) 

सन्दिप जोरा – २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी – ७५ हजार, भुवन कार्की – २ लाख १० हजार , दिपेन्द्र रावत – ३० हजार , प्रेम तामांग – ५० हजार , आदील अन्सारी – ५० हजार , रामनरेश गिरि – ७५ हजार , कमल सिंह ऐरि – ९० हजार , शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार  , रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजार

धनगढी स्टार्स (सोमपाल कामी) 

पवन सर्राफ – २ लाख ५० हजार,  दिपेश श्रेष्ठ – ८०,०००, सौरभ खनाल – १ लाख ६० हजार, सुनिल धमला – १ लाख ८० हजार, बिपिन खत्री – ९५,००० , हरि बहादुर चौहान – ९५ हजार, अमित श्रेष्ठ – १ लाख ८० हजार , राजु रिजाल – ७५ हजार , रोबिन क्षेत्री – ३५ हजार , सुनील धमला – १ लाख ८० हजार, सन्दिप रजाली – ४० हजार , धिरज शाही – ३० हजार, कृष्ण ऐर – ३० हजार

बिराटनगर किंग्स (करन केसी)

कुशल भुर्तेल – १ लाख ६० हजार, पृथु बास्कोटा – १ लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार , हरिशंकर शाह – ९० हजार , सुशन भारि – १ लाख , अमृत गुरुङ्ग – ३० हजार , तृत राज दास, सुबाश ऐर हुन् । -wicketnepal.com बाट

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement