Advertisement

जुवातास रोक्न यसरी चलायो प्रहरीले देशव्यापी ‘नियन्त्रण अभियान’

3 महिना अगाडी

काठमाडौं(बीबीसी) । दशैँ, तिहारजस्ता ठूला चाडपर्वका बेला जुवातास धेरै खेलिने र त्यसले निम्त्याउने आर्थिक नोक्सानी रोक्न देशव्यापी ‘नियन्त्रण अभियान’ तीव्र पारिएको प्रहरीले जनाएको छ ।

खासगरी संगठित रूपमा जुवातास खेल्ने र खेलाउनेलाई पक्राउ गर्न निगरानी बढाइएको नेपाल प्रहरीका प्रवक्ताले बताए ।

कतिपय समाजशास्त्रीहरू भने चाडपर्वका बेला पटके निगरानी बढाउनुभन्दा ‘जुवातास खेल्ने प्रचलन’ अन्त्यमा जोड दिइनुपर्ने ठान्छन् ।

काठमाडौंको मूलपानीमा तास खेलिरहेको घरमा प्रहरीले छापा मार्न गएपछि शुक्रवार राति भाग्ने क्रममा दुईतबाट हाम्फाल्दा दुईजनाले ज्यान गुमाएका छन् ।

प्रहरीले ज्यानै जाने घटनालाई दुःखद भने पनि दशैँका बेला तास खेल्ने प्रचलन बढेको भन्दै देशव्यापी अभियान चलाइएको जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले भने, ‘विगतमा पनि असोज र कातिकमा नै जुवातास खेल्नेरूको सङ्ख्या बढ्ने गरेको देखिएको छ । यसलाई रोक्न हाम्रो विशेष टोलीले अहिले काम थालिसकेको छ ।’

काठमाण्डू र देशका विभिन्न स्थानमा अहिलेसम्म दुई सयभन्दा बढीलाई पक्राउ गरिसकिएको बताइएको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार दशैँ,तिहार सुरक्षाका निम्ति भन्दै देशभरि ३१ हजारभन्दा बढी प्रहरी खटाइएको छ र उनीहरूको जिम्मेवारी जुवातास र कौडा खेल्नेको खोजी पनि हो ।

त्यसमा सर्वसाधारणको सहयोगको अपेक्षा गर्दै महानगरीय प्रहरी परिसर काठमाण्डूका प्रमुख, वरिष्ठ उपरिक्षक बसन्त लामाले भने, ‘घरभित्र के भइरहेको छ भने प्रहरीलाई थाहा नहुन सक्छ। तर नजिकका छिमेकीलाई वास्तवमा के भइरहेको छ भन्ने जानकारी हुन्छ । त्यसकारण हामी बढीभन्दा बढी नागरिकको सहयोगको अपेक्षा गर्दछौँ ।’

कतिपय समाजशास्त्री चाडवाडमा जुवातास खेल्ने परम्पराजस्तै भएको र त्यो मानसिकता नै हटाउनुपर्ने खाँचो औँल्याउँछन् ।

अन्यथा पटके निगरानीले त्यो रोक्नु चुनौतीपूर्ण रहेको समाजशास्त्रमा विद्यावारिधी गरेकी विन्दू पोखरेल बताउँछिन् ।

उनले भनिन्, ‘ठूलो उमेरकालाई होइन । आठ नौ वर्षकै केटाकेटीलाई नै पुरानो प्रचलनमा के गर्न जरुरी छ भनेर सिकाउनुपर्छ । अनि बिस्तारै यस्तो प्रचलन कम हुँदै जानेछ ।’

जुवातास खेल्दा पहिलो पटक पक्राउ पर्नेलाई तीन महिनासम्मको कैद र ३० हजार जरिवाना र दोस्रो पटक पक्राउ पर्नेलाई ५० हजार जरिवाना वा १ वर्ष कैद साजय हुने व्यवस्था मुलुकी अपराध संहिता ऐनमा छ ।

प्रहरीले घर परिवारमा रमाइलोका लागि खेल्ने समूहलाई भने कुनै कारबाही नहुने बताएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement