Advertisement

छारे रोग यसका लक्षण अनि नेपाली कुसंस्कार

12 मिनेट अगाडी

- संजय कंडेल 

छारे रोग लाई अंग्रजीमा ईपिलेप्सि वा नेपालीमा छोप्ने रोग अर्थात् मिर्गी रोग भन्ने चलन छ । यो एक किसिमको नसा रोग हो । मेडिकल भाषामा यसलाई  इलेक्ट्रो एन्सेपटेट्रोग्राफ भनिन्छ । दक्षिण एसिया र उत्तर अमेरिकी देशहरुमा यो रोग अन्य देशका नागरिक भन्दा बढी पाईन्छ । नेपाली छारे रोग बिशेषज्ञका अनुसार यो रोग सय नेपालीमा १ जनालाई हुने विश्वास गरिएको छ ।

कसरी हुन्छ छारे रोग ?

टाउको ठोकिएमा, बच्चा जन्मदा टाउको ठोकिएमा ,ब्रेन इन्फेक्सन भएमा , ब्रेनमा ट्युमर भएमा , ब्रेनका मसिना नशाहरु फुटेमा , धेरै ड्रग्स लिएमा , ड्रग्स लिदालिदै छोडेमा , पेटमा पर्ने जुका टाउकोमा परेमा , ग्लुकोजको मात्रा बढी घटी भएमा , हाई ट्रेम्पेचर , सुगर , बंशाणुगत गुण आदिका कारण मुख्यतय यो रोग हुने गर्छ ।

माथिका  कारणले मस्तिष्कमा खराबी पैदा भई स्नायु कोष आवस्यकता भन्दा बढी उत्तेजित हुनु  , अनियन्त्रित रुपमा शरीर कम्पन हुनु  , मुर्छा पर्नु  , अर्ध चेतन अवस्थामा पुग्नुनै छारे रोगका  लक्षण हुन  । तर, नेपाली समाजमा यसलाई भुत प्रेत , बोक्सी लागेको भन्ने चलन पनि छ ।

छारे रोगका लक्षणहरु के के हुन ?

सामान्यता यो रोग लागे पछि हात खुट्टा काम्ने , मुख बाङ्गिने , मुखबाट फिज आउने , दात टोक्ने, बोल्दा बोल्दै रोकिने , हिडदा हिडदै अड्किने , थुकेको थुकै गर्ने , हासो नरोकिने जस्ता अचम्मका लक्षणहरु देखिन्छन । यसका अलावा रगत परिक्षण , इइजी, घटनास्थलमा सोधपुछ र बिरामीका लक्षणबाट छारे रोग पत्ता लगाउन सकिन्छ ।

हाम्रो गाउँ घरमा छारे रोग लागे पछि विभिन्न गलत बिधिहरु अपनाउने गर्छन ।बिरामीलाई चम्चा कोचाउने , जथाभावी थिच्ने , मोजा सुघाउने भुत लागेको भनेर धामी झाक्री लगाउने जस्ता चलन छन ।यी सबै प्रकृया बिरामीका लागि घातक हुन सक्छन । यी सबको सट्टा बिरामीलाई कोल्टे फर्काएर सुताउने र केहि बेर पर्खने ।त्यति गर्दा पनि ठिक भएन भने बिरामीलाई तुरुन्त अस्पताल लैजानु नै उत्तम उपाय हुन्छ ।

छारे रोग लागेका बिरामीले कस्तो कामबाट टाढा रहनु पर्छ ?

छारे रोग लागेपछि सामान्य जीवनयापन गर्न सके पनि ड्राईभिङ्ग , क्लाईम्बिङ्ग , आगो , स्विमिङ्ग , राफ्टिंग लगायत सामाजिक जीवन खतरामा पुर्याउने जो कुनै जागिर या क्रियाकलापमा समाबेश हुनु हुदैन जसले आम मानिसहरु प्रभावित हुन सक्छन l 

छारे रोग हेर्दा सामान्य भए पनि होस नपुग्दा बिरामीको ज्यान जाने गर्छ । सामान्य घटना जस्तै घोडा घोडा पानीमा डुबेर मर्नु , सामान्य आगलागीमा पनि ज्यान गुमाउनु , सामान्य बाटोमा पनि चालक दुर्घटनामा पर्नु , साइकल चलाउदा चलाउदै मुर्छित भएर ढल्नु , कक्षा कोठामा ढलेर बेहोश हुनु , अकस्मात दुर्घटनामा पर्नु , रुख चढदा चढदै अकस्मात झर्नु लगायत  यसका जोखिमका पक्षहरु हुन ।

नेपालमा यसको औषधि उपचारमा खासै ध्यान दिइएको छैन । महँगो उपचार बिधि , महँगो औषधि , सुरक्षा र हेरचाहको अभाव , सामाजिक अवहेलना , कुरीति कुसंस्कारले अकालमा हजारौ मानिसहरु ज्यान गुमाउन बाध्य छन । यो रोगले नेपाली समाज पिच्छे एउटा घिन लाग्दो अवस्था र रुप सिर्जना गरेको छ । यसको मुख्य समस्या नेपालमा अवस्थित उपचार  प्रणाली र जनचेतना अभावनै हो ।

जानकारहरु नेपालमा यसको उपचार पद्वति , बिशेषज्ञ र औषधिको अभाव भएको बताउछन । बेलायत , अमेरिका , अष्ट्रेलिया जस्ता बिकसित मुलुकहरुमा यसको भरपर्दो उपचार पद्वति र औषधिका कारण यसलाई सामान्ने मानियता पनि नेपाल जस्तो अल्प विकशित मुलुकमा भगवानको भर पर्नु भन्दा अरु विकल्प छैन र पनि यो रोगको समयमा उपचार र औषधि सेवन गर्ने हो भने सामान्य कारणले मान्छेले अकालमा ज्यान गुमाउनु पर्दैन । यो रोग हेर्दा सामान्य भए पनि रोगको आक्रमण पश्चात तत्काल उत्पन्न परिस्थितिले रोगि स्वयं र अन्य जनसंख्या समेत असुरक्षित हुन्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement