Advertisement

चर्चित पत्रकार रवि लामिछनेको डिभोर्स ! यस्तो छ भित्री कारण

4 दिन अगाडी

काठमाडौं । चर्चित पत्रकार रवि लामिछानेले आफ्नी श्रीमती इशासँगको लामो बैबाहिक सम्बन्ध टुंग्याएका छन् ।

रविले केही केहीदिन अघि आफ्नी श्रीमती इशासँग सम्बन्ध बिच्छेद गरेका हुन् । रविले फेसबुकमा स्टाटस लेख्दै कानुनी रुपमै २५ वर्षको लामो बैबाहिक सम्बन्ध टुङ्ग्याएको जानकारी गराएका हुन् ।

इशासँगको २५ वर्षको लामो बैबाहिक सम्बन्धलाई अन्त्य गरिसकेपछि फेसबुकमा स्टाटस कोर्दै नचाँहदा नचाहँदै पनि आफ्नो ब्यक्तिगत कुरा गर्नु परेको उल्लेख गरेका छन् । रविका दुई छोरी छन्, जसको जिम्मा इशासँगको सम्बन्ध बिच्छेदपछि आफैंले लिएको पनि बताएका छन् ।

बर्षौंसम्मको मतभेद, अलग बसाई र बोलचालसमेत नभएपछि राजी खुसीले आफ्नो सबै अधिकार लिएर इशाले सम्बन्ध विच्छेद गरिसकेपछि आफू अन्यायमा परेको भन्दै रविको कर्तुत सार्वजनिक गर्नका लागि पत्रकारहरुलाई जानकारी गराएकी आरोप लगाउँदै रविले स्टाटसमा लेखेका छन्, ‘राजी खुसीले आफ्नो सारा अधिकार लिएर मसँग सम्बन्ध बिच्छेद गरेकी पूर्व पत्नीले आफू मबाट अन्यायमा परेको र मेरो कर्तुत सार्वजनिक गर्नुपर्‍यो भनेर केही पत्रकारलाई सम्झिछन् ।’

त्यसोत, आफ्नो पूर्व पत्नीलाई प्रयोग गरी आफ्नो वास्तविक रुप अर्कै हो भनि प्रमाणित गर्नका लागि दिनरात लाग्नेहरुलाई रविले पहिल्यै पनि समय खर्च गर्नु पर्दैन सीधै सोध्नुहोस्, म आफै सबै कुरा बताइदिन्छु भनेको कुरालाई पनि आफ्नो स्टाटस मेन्सन गरेका छन् ।

रविले यो कुरालाई स्टाटसमा लेख्दै भनेका छन्, ‘मलाई खोक्रो आदर्श र झुटो जिन्दगी बाँच्नु छैन, र म त्यति आदर्शवान मान्छे पनि होइन । अमेरिकामै हुँदा पनि म अलग बस्थेँ । सम्बन्ध सुधार गर्न मेरो बारम्बारको प्रयास असफल भएपछि म एक विदेशी प्रेमिसँग पनि बसेको थिए । ५, ७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरो सन्तानको प्रतिष्ठामा ठेस पु¥याउन चाहन्न ।’

विदेशी प्रेमीसँगको आफ्नो एउटा सन्तान भएको पनि रविले खुलासा गर्दै लेखेका छन्, ‘मान्छे दुनियाँसंग लड्न सक्छ, तर आफन्तसँग लड्न सक्दैन । अमेरिकामै रहँदा अलग बसेका हामी विगत १० वर्षदेखि नै अलग छौं ।

कारण र घटना एउटा होइन, अनेक छन् । जति छन्, ती अत्यन्तै लाजमर्दा छन् । ती विदेशी मुलकी पूर्व प्रेमिका र मेरोबीचमा एक सन्तान पनि छ । यत्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारान देखिको बल लगाउनै पर्दैन ।’

रवि न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता हुन् ।

रविले फेसबुकमा पोस्ट गरेको स्टाटस यस्तो छ:

श्रीमान, म जीउँदै छु!

नचाहदा नचाहदैपनि आफ्नो ब्यक्तीगत कुरा गर्नु पर्यो। मलाई पाईलै पिच्छे लडाउन,देश बाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुदै रहेछ। लामो समय सम्म बैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछी कानुनी रुपमा नै अलग भएको मेरो बैवाहिक सम्बन्धलाई लिएर ठुलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजि जीवन बारे लेख्न बाध्य भएको छु। मेरी पुर्व पत्नीलाई प्रयोग गरि मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणीत गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैले पहिलापनि भनेकै थिए कि टाईम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा। मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाच्नु छैन र म त्यति आदर्शवान मानिसपनि होइन। मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेदपनि भैसकेको छ। तर बर्षौ सम्म मतभेद, अलग बसाइ र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर म सङ सम्बन्ध बिच्छेद गरेकी पुर्व पत्निले आफू म बाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न।लगभग २४ वर्ष अघि भएको बिवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिन तर कसै कसैले ूरबिको कर्तुतू वा ूरबिको असलीरुपू जस्ता शीर्षक ूरेडि टु पब्लिसू अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु। 
अमेरिका मै छदा म परिवार भन्दा अलग बस्ने गर्थे।सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिका सङपनि बसेको थिए ।६र७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्न। मलाई त ब्यक्तीगत बिषयमा एक शब्दपनि बोल्न मन थिएन। र सम्भावत यो मेरो जिवनको पहिलो र अन्तिम स्तरहिन टिप्पणी वा क्तबतगक हुनेछ। हेडलाईन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठुलै अपराधी बनाउनेछन। मान्छे दुनियाँसङ लड्न सक्छ तर आफन्त सङ सक्दैन। अमेरिका मै रहदा अलग बसेका हामी बिगत १० वर्ष देखि नै अलग छौ। कारण र घट्ना एउटा होइन अनेक छ्न।जति छ्न ती अत्यन्तै लाज मर्दा छन।ती बिदेशी मुलकी पुर्व प्रेमिका र मेरो बिचमा एक सन्तानपनि छ। यत्त्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारन देखिको बल लाउनै पर्दैन। तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो।हाम्रो सम्बब्ध लामो समय टिकेन। सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र।तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे तर सम्बन्ध कहिलेपनि अघि बढेन। ज्यादै अप्रिय बिगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामिले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ, परिवारका सदस्यको उपस्थितिमा, कानुन ब्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर। ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मापनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्चपनि तपाईं कै जिम्मामा लगाईएछ। अब तपाईं सङ के बाकी छ तरु मैले जवाफ दिएको थिए, श्रीमान म जीउँदै छु।कुनै पत्रकारलाई म्यासेज मार्फत मेरि पुर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखीए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए। बिहानै देखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ। उनको म्यासेज कुनैपनि समयमा सार्वजनिक हुने क्रममा छ। जिवनमा भएका घटनाहरु मात्र बताएर अतीतका कथा कहाँ पूरा हुन्छ्न र।अनेकौ घटना बिच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ। पछिल्ला वर्षहरुमा पुर्व पत्नी सङ बोल चाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो। बाहिर को वाह वाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशन को शिकार नै भएको थिए। माया र बिश्वास बर्षौ सम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गए पछि उनलाई मैले छ्ल गरेको कसरी लागेछ,म बुझ्न सकिरहेको छैन।अब मसङ बाकी रहेको थोरै नाम र इज्जत छ। त्यस्मापनि आँखा लागेछ। त्यसैले,आज त्यो पनि दिन चाहन्छु। मेरो ूनकाबू उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरि मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पुर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु। मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नुहोला। यति मै मेरा कर्तुतहरु सकिदैनन, बाकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउला। दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन, मैले आफ्नी पुर्व पत्नी सहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनिहरु नेपाल आउन नमानेपछी) आफू नेपाल बसेर,सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर,अझै अमेरिका बस्दाको पुरै ब्यवस्थापन यतिबेला सम्मपनि गर्दै आएको छु।अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, म सङ भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिन।अब म बर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु। कसैमाथी अन्याय नगरी म आफू माथीपनि न्याय गर्न चाहन्छु।म भागेको छैन,प्रत्यक मंगलबार बिहिवार र शनिबार राति ८:४५ मा  टेलिभिजनमा प्रत्यक्ष आउछु।भोलि रातिपनि आउदैछु। सदाझै उहीँ जोश, उहीँ उमंगका साथ। श्रीमान, म जीउँदै छु।




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement