Advertisement

क्याट यूकेको च्यारिटी डिनर सम्पन्न , पैंतीस लाख प्रतिवद्दता

1 महिना अगाडी

 

लामो समयदेखि प्रतिक्षारत चितवन एण्ड ट्रष्ट अर्थात क्याट यूकेको च्यारिटी डिनर सयौको संख्यामा उपस्थित चितवन घर भई बेलायतमा बसोबास गर्ने नेपालीहरू माझ ह्यारो फुटबल क्लब , ह्यारोमा सम्पन भएको छ ।कुशल ढङ्गबाट व्यवस्थापन गरिएको च्यारिटी डिनरमा क्याट यूके नेपाली रुपैया करिब ३५ लाख उठाउन सफल भएको छ ।

आपतकालिन अक्षयकोष स्थापनार्थका लागि संयोजन गरेको च्यारिटी डिनरमा पैतिस लाख नेपाली रुपैया प्रतिवद्धता भएको हो । तिनसय भन्दा बढि संघ संस्था र बाह्रै मासे च्यारिटी हुने बेलायती नेपाली समुदायमा चितवनबासी बेलायती नेपालीले देखाएको यो उदारताले उनीहरूको नेपाल प्रतिको प्रेम स्पष्ट झल्काउँछ ।प्राकृतिक प्रकोप, शिक्षा , स्वास्थ्य जस्ता अति आवश्यक क्षेत्रमा चितवनबासीहरूको सुख दुःखमा साथ दिदैँ आएको क्याट यूके बेलायतमा पनि  परोपकारी संस्थाका रूपमा चिनीएको छ । सन २०१४ बाट बेलायतमा कम्पनि ऐन अन्तर्गत बैधानिक रुपमा दर्ता भई च्यारिटीको लागि आवश्यक सम्पूर्ण प्रशासनिक कार्य सकेको क्याट यूकेले डिसेम्बर ,२ मा सम्पन्न  च्यारिटी तथा विशेष कार्यक्रमका लागि समाजसेवी शान्ताविनोद लामिछानेलाई संयोजक तोकेको थियो ।

को को थिए कार्यक्रममा ?

क्याट यूकेको प्रमुख अतिथिमा एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुल आचार्य , अतिथहरूमा क्रमश: एनआरएनए बेलायतका उपाध्यक्ष शेर सुनार र पुनम गुरुङ्ग, एनआरएनए बेलायतका उप महासचिव विनय अधिकारी,एनआरएनका आईसिसी सल्लाहकार रामशरण सिंम्खडा , नेपाली इन्जिनियर एसोसियन यूकेका अध्यक्ष शैलेन्द्र काजी श्रेष्ठ, यति एसोसिएनका कार्यबाहक अध्यक्ष शशिधर नेपाल, समाजसेवी शिवजी श्रेष्ठ, ओएनएफका बरिष्ठ उपाध्यक्ष रामजि बराल,  क्षेत्री समाज यूकेका राजन कुमार क्षेत्री , एनविसि यूकेका मिलन घिमिरे , नेपाल ओप्रेसड पिपुल सोसाईटी यूरोपका हरिशचन्द्र नेपाली , श्रृजनशिल नेपाली समाज यूकेका धन सार्की रोक्का , एबिआई कलेजका प्रमुख कृष्ण भट्ट , अक्सफोर्ड नेप्लीज कम्युनिटीका तुलसीप्रसाद पौडेल , बिबिसि नेपाली सेवाका प्रमुख भगीरथ योगी, नेपाल पत्रकार महासंघ बेलायतका बरिष्ठ उपाध्यक्ष श्याम लुईटेल , नेपाल पत्रकार महासंघ , बेलायतका महासचिव सञ्जयभक्त कँडेल, नेपाल संसारका सम्पादक मन्दिप केसी , समाजसेवी तथा एनआरएन बेलायतका सल्लाहकार हेमन्त सेढाई, एनआरएनए बेलायतका सल्लाहकार कृष्ण तिमील्सिना, पिटरबोरो नेपाली समाज यूकेका अध्यक्ष शिव भण्डारी, बुद्ध फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठ ,  हेज एण्ड नेपाली कम्युनिटीका कार्यबाहक अध्यक्ष रमेश पौडेल , हिथ्रो नेपाली समाजका कार्यबाहक अध्यक्ष पुरषोत्तम खड्का , काउन्सिलर लक्ष्य गुरुङ   लगाएतका विशिष्ठ समाजसेवी , बुद्धीजिवी, व्यापारी , पत्रकार लगाएतको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रमलाई च्यारिटी विभाग संयोजक शान्त बिनोद लामिछानेले सञ्चालन  गरेका थिए ।डिनरमा क्याट यूकेका पूर्व अध्यक्षहरु  , पदाधिकारी लगाएत अन्य जिल्ला र देशबासीहरूको पनि उपस्थिति रहेको थियो ।

कसकसले आफ्ना विचार राखेका थिए ? 

क्याट यूकेको कार्यक्रमलाई सफल पार्न  हास्य कलाकार मनोज गजुरेल र चितवन निवासी गायिका सरिता गुरुङ्गको मनोरञ्जनात्मक प्रस्तुति  रहेको थियो । कार्यक्रममा प्राध्यापक गायत्री श्रेष्ठ, पत्रकार महासंघ बेलायतका महासचिव सञ्जयभक्त कँडेल, एनआरएनए यूकेका उपाध्यक्ष शेर सुनार , एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य , क्याट यूकेका महासचिव राजेन्द्र सुवेदी संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठ लगाएतले क्याट यूकेको अक्षयकोष स्थापानार्थ च्यारिटी डिनरमा आफ्ना बिचारहरू राखेका थिए ।

क्याट यूकेको  प्रगति विवरण संस्थाकै उपाध्यक्ष यादव श्रेष्ठले पावर पोइन्ट मार्फत प्रस्तुत गरेका थिए । साउण्डमा क्याट यूकेका पूर्व उपाध्यक्ष केदार थपलियाले साथ दिएका थिए भने अतिथि सत्कार र व्यवस्थापनमा संस्थाका उपाध्यक्ष जिवन सेन र सचिव शालिक सापकोटाको विशेष सहयोग रहेको थियो । ह्यारो फुटबल क्लबमा आयोजना गरिएको कार्यक्रमलाई हल व्यवस्थापन तथा डेकेारेशनमा कार्य समितिका सदश्य विकाश सापकोटाले साथ दिएका थिए ।

क्याट यूकेका अध्यक्ष देवेन्द्र श्रेष्ठ, महासचिव राजेन्द सुवेदी तथा क्याट युकेका च्यारिटी डिनरका संयोजक शान्तविनोद लामिछानेका अनुसार क्याट यूकेको च्यारिटी डिनर सफल भएको हो । चितवनबासीको माया , साथ र सहयोगले संस्थाको उद्देश्य पूर्ण सफल भएको आयोजकले जनाएको छ। संस्थाले जम्मा गरेको पैसा नेपालमा शिक्षा, स्वास्थ्य जस्ता मानविय आधारभूत आवश्यकता तथा प्राकृतिक प्रकोपबाट नाजुक अवस्थामा पुगेका वा  पिछ्‌डिएका  समुदायमा  खर्च गर्ने गरेको छ ।क्याट यूके बेलायतमा बसोबास गरिरहेका चितवनबासी नेपालीहरुको साझा अनि लोकप्रिय संस्था हो ।


स्थापनादेखि छ वटा अध्यक्ष दिइसकेको क्याट यूकेका वर्तमान सातौ समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठ हुन भने  उपाध्यक्षहरूमा भगवती रानाभाट , जिवन सेन र यादव श्रेष्ठ , कोषाध्यक्ष रमेश श्रेष्ठ , महासचिवमा राजेन्द सुवेदी , सचिव शालिक सापकोटा , सह  कोषाध्यक्ष दिपेन्द्र अधिकारी , सदस्यहरु क्रमशः राजु आचार्य , शिव भण्डारी, मदनकुमार श्रेष्ठ , भिम सापकोटा , तारा अर्याल , उपेन्द्र पौडल , आनन्द धरेल , पार्वती न्यौपाने , सूर्य तामाङ्ग , मुना पौडेल , जगत पौडेल ,विकाश सापकोटा र रघु ढकाल रहेको एक्काईस  सदश्य क्याट यूकेको वर्तमान कार्य समिति  मार्फत सम्पन्न भएको  च्यारिटी कार्यक्रम सफल भएको हो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement