Advertisement

एक वर्षभित्र नेपालकै भूउपग्रह

2 महिना अगाडी

काठमाडौं । रूस (तत्कालीन सोभियत संघ) ले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको छ ।

नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ (सानो भूउपग्रह) को ‘मोडल’ तयार भइसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ ।्

सन् २०१९ अगस्टभित्र अमेरिकाको फ्लोरिडास्थित नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को अन्तरिक्ष केन्द्रबाट भूउपग्रह प्रक्षेपण गर्ने सरकारी योजना छ ।

‘अहिले जुन गतिले काम भइरहेको छ, त्यसअनुसार सन् २०१९ अगस्टभित्र नेपालले आफ्नो भूउपग्रह प्रक्षेपण गर्न सक्छ । यो नेपालको विज्ञान–प्रविधिको क्षेत्रमा ऐतिहासिक उपलब्धि हुनेछ,’ नास्टका प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालले भने ।

डा. ढकालका अनुसार भूउपग्रहको संरचना तयार भए पनि यसको यान्त्रिक र वातावरणीय परीक्षण गर्न बाँकी छ ।

अहिले तयार भएको भूउपग्रहले न्युनतम माइनस २ सय ७३ डिग्री सेन्टिग्रेडदेखि अधिकतम २ हजार डिग्री सेन्टिग्रेडसम्म काम गर्न सक्छ कि सक्दैन भनी परीक्षण गर्नुपर्ने हुन्छ,’ ढकालले भने, ‘आकाशमा उड्दा भूउपग्रहले ‘भाइब्रेसन’ खप्न सक्छ कि सक्दैनन् भन्ने पनि जाँच्नुपर्छ ।’

भूउपग्रह परियोजनाका लागि नास्टले अन्तरिक्ष इन्जिनियरिङमा पिएचडी गर्न दुई विद्यार्थी छनोट गरी जापानको किताक्युसुस्थित क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) पठाएको छ ।

नेपाली विद्यार्थी आभास मास्के र हरिराम जोशीले पिएचडी अनुसन्धान क्रममा भूउपग्रह परियोजनालाई समेत अगाडि बढाइरहेका छन् ।

पिएचडी अध्ययन–अनुसन्धान गर्नका लागि उनीहरूलाई क्युटेकले छात्रवृत्ति प्रदान गरेको छ ।

बाह्य अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयले भूउपग्रह नभएका देशलाई भूउपग्रह बनाउन सघाउने क्युटेकको परियोजनालाई मद्दत गर्दै आएको छ ।

नेपालले २०७४ साल माघ ३ गते क्यटेकसँग सम्झौता गरी आफ्नो भूउपग्रह निर्माण कार्य अगाडि बढाएको हो । -नागरिक दैनिकबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement