Advertisement

इपीएलः काठमाडौं प्लेअफनजिक, पोखरा बाहिरियो

25 दिन अगाडी

काठमाडौं । काठमाडौं किंग्स ११ राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको प्लेअफनजिक पुगेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको लिगको आफ्नो तेस्रो खेलमा पोखरा राइनोजलाई ५ विकेटले पराजित गर्दैै काठमाडौं प्लेअफनजिक पुगेको हो ।

१६६ रनको चुनौती काठमाडौंले चार बल खेल्न बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

काठमाडौंलाई जिताउन केभिन ओ’ब्राइनले ३५ बलमा ५४ तथा कप्तान रोहन मुस्तफाले ३१ बलमा ४० रन जोडे । विक्रम सोबले २ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन बनाएको थियो ।

रिचर्ड लेभीले २१ बलमा सर्वाधिक ३८ रन बनाएको इनिङ्समा विक्रम भुसाल र अलराउन्डर ओ’ब्राइनले समान २र२ विकेट लिए ।

चितवनको पहिलो जित

प्रतियोगितामा चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ ।

लगातार तीन हारपछि चितवनले शुक्रबार भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई ५ रनले हराएको हो ।

चितवनले दिएको १९७ रनको चुनौती पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १९१ रनमात्रै बनाउन सक्यो । बाबर हयातले ९० रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि, पहिले ब्याटिङ गरेको चितवनले जोन सिम्पसनको ७८ रनको मद्दतले २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो ।

विराटनगर र काठमाडौंको समान ४-४ अंक

लिगमा प्लेअफ चरणमा पुगिसकेका ललितपुर पेट्रियाट्स र भैरहवा ग्लाडिएटर्सको समान ६-६ अंक छ भने विराटनगर र काठमाडौंको समान ४-४ अंक भएको छ ।

चितवन टाइगर्सले २ अंकबाट प्लेअफको सम्भावनालाई जीवितै राखेको छ ।

लगातार चार हारसहित पोखरा प्लेअफ चरण पुग्ने समीकरणबाट बाहिरिने पहिलो टिम बनेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement