Advertisement

अहिलेको संरचनाले चाहेजस्तो महानगर बन्न सक्दैन्: रुद्रसिंह तामाङ


काठमाडौं – हाम्रो राजधानीलाई ब्यबस्थित र बिकसित बनाउने मुख्य जिम्मेवारी सम्हाल्दै आएको काठमाडौं महानगरपालिकाले अहिले के गर्दैछ सबैको चासोको बिषय छ ।

बिनासकारी भूकम्पपछि उद्घाटन गरिएका बिभिन्न ऐतिहासिक ठाउँहरुको पुर्ननिर्माण कहा पुग्यो, राजधानीको पुरानो बसपार्कमा बन्दै गरेको भ्यू टावर किन बन्न सकेन् । यी र यस्तै बिबिध बिषयमा केन्द्रित रहेर गोविन्द मरासिनीले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङसँग गरेको कराकानी: 

अहिले महानगरले के गर्दैछ । 
मुख्यत अहिले महानगरले भूकम्पपछि महानगरले बनाउन लागेका बिभिन्न ठाउँको पुर्ननिर्माण, काठमाडौंको फोहोर ब्यबस्थापन र अब्यबस्तिथ शहरीकरणमा काम गरिरहेको छ । 

तपाई महानगरमा आउँदा जुन उत्साह जनतामा थियो त्यो भएन भनिन्छ नी हो ? महानगरमा आएर गरेका सम्झन लायकका काम केहि ? 
कुन चाहि कामलाई प्रमुख मान्ने कुरा हो परिवेश अनुसार फरक हुन्छन । स्मार्ट सिटीको योजना र स्मार्ट टेक्नोलोजी अगाडी बढाउने कुराहरु र काठमाडौंलाई डिजिटल बनाउने भनेर सिस्टम नै कागजबिहीन बनाउन खोजेका छौं त्यो प्रक्रिया केहि अगाडी बढेको छ । हाम्रा महानगरका जानकारीहरु मोवाइल एप्समा हेर्न सकिने ब्यवस्था भैसकेको छ पूर्वाधारका कामहरु पनि अगाडी बढिरहेका छन् । केहि नविन प्रविधि भित्राउनेदेखि लिएर फोहोरबाट बिजुली बाल्ने, काठमाडौंका सडक उज्यालो बनाउन बत्ती जडान गर्ने लगायतका मुख्य कामहरु भएका छन् । मन्दिरहरुको पुनःर्निर्माण सडक ब्यबस्थापन, अण्डरग्राउण्ड पार्किङहरु पनि अगाडी बढिरहेका छन् । सबै ठाउँमा केहि न केहि परिवर्तन गर्ने योजनाका किसिमले अगाडी बढिरहेका छौं । 

बन्दै गरेको रानीपोखरी त नियमविपरित बनाएर योजनाबाट हातै निकाल्नुभयो भनिन्छ नी ? 
होईन, त्यो पोखरीको बीचको मन्दिरको बिषयमा कुरो आएको हो । बाहिरी काम चाँहि हामीले नै गरिरहेका छौं मुल मन्दिर चाहि तपाईहरुले कसरी बनाउने हो त्यसरी नै बनाउनुस भनेर हामीले पुरातत्व बिभागलाई जिम्मा दिएका छौं । 

खानेपानी, ढल, रिङरोड, अब्यबस्थित बस्ती झन बढ्दो छ । यसमा महानगरले के गर्दैछ त ? 
तपाईले भनेका यी सबै कुराहरु त हाम्रो जिम्मामा पर्दैनन् । खानेपानी चाँहि हामी बोर्डमा भएकाले हाम्रो पनि दायित्व रहन्छ । सडक बिस्तारमा हाम्रो रोल हुन्छ यो त समय लाग्छ लगभग डेढसय भन्दा बढी सडक बिस्तार गर्नका लागि टुंगो लगाउने काम भैरहेकै छ । 

महानगरले बनाउने भनेको भ्यू टावरको काम किन अड्कियो ?
काम गर्छु भनेर कम्पनीले जिम्मा लिएको छ उसको केहि समय बाँकी छ अब सायद काम शुरु गर्ला यदि भएन भने पनि हामी किन भएन भने चासो देखाउने छौं । 

हामीले बनाउन खोजेको महानगर कस्तो हो ? 
हामी अहिले जुन संरचनामा छौं त्यो संरचनामा उभिएर मात्र कुरा गर्नुपर्ने हुन्छ । अहिलेको संरचनाले साँच्चिकै हामीले चाहेजस्तो महानगर बन्न र बिकास हुन सम्भव छैन । त्यो संरचना पनि परिवर्तन हुने क्रममा छ संबिधान कार्यान्वयनको क्रममा छ संबिधान कार्यान्वयन भैसकेपछि स्थानीय तहको अधिकार संबिधानमा प्रष्ट किटेर आइसकेको छ त्यो लागु भैसकेपछि नयाँ ढंगले जान सक्छ । अहिलेकै संरचनामा अलि गाह्रो भने भएकै भने पक्कै हो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement